भाद्र २२,काठमाडौं
एक १५ वर्षीय किशोरीले बलात्कारको आरोप लगाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध जाहेरी दिएकी छन् ।
लामिछाने विरुद्ध किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी हुन् ।
गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ । उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेको जनाइएको छ ।
जाहेरीमा ्क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दिपले बलात्कार गरेको आरोप छ । लामीछानेले सामाजिक संजाल मार्फत किशोरीलाई चिनजान गरेको र पछि भेटेर प्रलोभन देखाइ जबरजस्ती गरेको जनाइएको छ ।
अहिले सन्दिप भने खेलको शिलशिलामा देश वाहिर रहेका छन् ।













