भाद्र २२, पाल्पा
प्रथम सराई महोत्सवको तयारी पुरा भएको छ । सराई युवा क्लवको आयोजनामा भाद्र २३ गते देखि असोज ३ गते सम्म महोत्सव संचालन गरिने क्लवका अध्यक्ष कृण सारुले पत्रकार सम्मेलनमा जानकारी दिनुु भयो । पहिलो पटक क्लवको आयोजनामा यति ठुलो महोत्सव हुन लागेकोमा सवैले साथ र सहयोगको अपेक्षा गरेको सारुले वताउनु भयो ।
मेलाको उद्घाटन भोली ११ वजे देखि सराई वडा नंं ३ क्षेत्र परिसरमा झाकीर्याली तथा पञ्जेवाजा गाजा सहित परिक्रमा पश्चात गरिने क्लवकी सचिव माया बस्यालले जानकारी दिनु भयो ।
सराई महोत्वसको समउद्घाटन माथागढी गाँउपालिकाका अध्यक्ष यम चिदीले गर्ने भएका छन् ।
महोत्सव मुख्य गरि सराई क्षेत्रको समग आर्थिक तथा सामाजिक उत्थानका लागी उद्योग,व्यापार,शिक्षा,स्वास्थ्य,कृषि,पशुपंक्षी तथा पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्यका साथ गरिएको छ । मेलामा स्थानिय उत्पादन देखि लिएर शिक्षा,स्वास्थ्य,कृषि ,पर्यटन,होटल,व्यापार लगाएत गरि १ सय ५० स्टलहरु रहने आयोजकले जनाएको छ । जसमध्ये १५ वटा कृषी स्टलहरुलाई निशुल्क गरिएको आयोजकको भनाइ छ । मेलामा दैनिक राष्ट्रिय ख्याती प्राप्त कलाकार देखि स्थानियकलाकारको प्रस्तुती रहने छ । मेला आयोजनाले स्थानिय स्तरमै युवाहरुलाई अस्थाई रोजगारी समेत मिल्ने आयोजकले जनाएको छ । मेलावाट ७० लाख वरावरको कारोवार हुने र ३० हजार वढि दर्शकले अवलोकन गर्ने आयोजकको भनाई छ ।
मेलाको मुख्य आर्कषकको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वस्तुको प्रदर्शन, निकासीयोग्य वस्तुको प्रर्वद्धन,कृषिजन्य वस्तुको प्रर्दशनी,ताजा तरकारी तथा फलफूल प्रर्दशनी,आधुनिक कृषि पेभिलियन,लघु उद्यम सम्वन्धी प्रर्दशनी, पर्यटन प्रर्वद्धन,औद्योगीक प्रर्दशनी तथा खरिद बिक्री, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रर्दशनी तथा खरीद बिक्री, ख्याती प्राप्त कलाकारहरुको दैनिक प्रस्तुती, स्थानिय कला संस्कृति संरक्षकोलागी स्थानिय गीत एवं नृत्य, विद्यालय स्तरीय नृत्य प्रतियोगीता, विविध साँस्कृतिक कार्यक्रम साथै मनोरञ्जनका लागी बाल उद्यान समेत रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।












