२२ भदौ, कपिलवस्तु ।
मोटरसाइकल गाई सँग ठोक्किएर दुर्घटना हुँदा कपिलबस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारामा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् । मोटरसाइकलमा पछाडि सवार उनकी ४८ वर्षीया भाउजू राधा भट्टराई दुर्घटनामा घाइते भएकी छन् ।
लु २९ प ४०४२ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी सवा ७ बजे गाईसँग ठोक्किन गई दुर्घटना थियो । दुर्घटनामा घाइते भट्टराईको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
घाइते राधाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।













