भाद्र २१, पाल्पा
मोडल तथा अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालत कावासोतीले बाल यौन दुव्र्यवहारमा साढे २ बर्ष कैद सजाय सुनाएको छ।
जवरजस्ती करणीमा भने सफाई पाएका छन् । पल शाहलाई लागेको बलात्कारको मुद्दामा नवलपुर जिल्ला अदालतले आज उक्त फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश यज्ञ प्रसाद आचार्यको इजलाशले पल शाहलाई बालयौन दुराचार मुद्धामा २ बर्ष ६ महिना कैद सजाय सुनाएको छ। साथै क्षतिपूर्ति बापत १० लाख रूपैँया समेत तोकिएको छ। बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष ६ महिनाको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो ।
यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ । गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिका माथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।













