भाद्र २१ बुटवल
३.८४ जिपिए सहित कक्षा १२ को कानून संकायतर्फ बुटवल स्थित कालिका मानवज्ञानकी प्रशंसा पाण्डे नेपाल प्रथम भएको विद्यालयको दावी छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा हाल सम्म पाण्डेकै नतिजा अगाडि रहेको बताउँदै कानून संकायमा आफ्नो विद्यायलय प्रथम भएको विद्यालयले दावी गरेको हो ।
कानून संकायतर्फ ३.८४ जिपिए सरह वा बढी अंक अन्य विद्यार्थीले प्राप्त गरेको बारे जानकारी नभएको विद्यालयका कानून संकायका संयोजक युवराज कंडेलले जनाए ।
यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ ।













