भाद्र २१ पाल्पा
क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ लिला सोमै र क्षेत्र नं २ बाट युवा नेता अनिलकिशोर घिमिरेको नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेका अनुसार प्रदेशसभा तर्फ १ क बाट प्रत्यक्षमा कमल भट्टराई प्रदेश १ ख बाट दिनेश अर्याल, हुमबहादुर सुनारी प्रदेश नं २ क बाट नेत्रप्रसाद पाण्डे तथा २ ख बाट तुलाराम घर्ति जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा चक्रब्यू थापा, पुरन केसी, र मेघराज आचार्यको नाम सिफारिस भएको हो ।
यस्तै प्रदेशसभाको समानुपातिक तर्फ खुमबहादुर बिक, गीता विश्वकर्मा, जानुका घर्ति, केयरसिङ राना, सान्ता शारु, पदम सोमै, राजेश श्रेष्ठ, हेमराज अर्याल पिताम्बर भट्टराई, हाजिरा खातुन, नवीन ओली, लक्ष्मी ढकाल , धनेन्द्रराज घिमिरे, लोकनाथ गौतम, नुना दिश्वा, जगत सुनारीको नाम सिफारिस गरेको केन्द्रिय सदस्य घिमिरेले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ दलबहादुर राना, पार्बती बिक, केशब पौडेल, हिरा थापा, बलु गैरे, अर्जुन कुमार श्रेष्ठ, र तुलसा रानाको नाम सिफारिस गरेको माओवादी केन्द्र,पाल्पाले जनाएको छ ।













