भाद्र २१, पाल्पा
तानसेन नगरपालिका ४, शिलखानटोलमा करेन्ट लागि एक युवकको मृत्यु भएको छ ।
जिल्ला खोटाङ जन्तेढुङ्गा गाउँपालिका ३ मा घर भई हाल पाल्पा तानसेन नगरपालिका १ गैरागाउँमा बस्ने ३४ वर्षको महेश राईको मृत्यु भएको हो ।
राई तानसेन नगरपालिका ४ शिलखानटोलमा बस्ने झविन्द्र देवकोटाको घर बनाउने क्रममा अचानक करेन्ट लागि घाईते भएका थिए । राईको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।














