भाद्र १३ पाल्पा
ठेकेदारले योजना अलपत्र पारेर सम्पर्क बिहिन भएपछी ता.न.पा. १० का स्थानियले वडा कार्यालयलाई आयोजनाको कामलाई अघी बढाउन आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।
स्थानियले लामो समय देखी आयोजनाको काम अलपत्र हुदा सास्ती बेहोर्नु परेको र वडाकै गरिमामा आँच आएको भन्दै लिखित रुपमै आयोजाको काम सुचारु हुने ब्यवस्था मिलाउन अनुरोध गरेका हुन् । प्रदेश सरकारको समपुरक कोष मार्फत ता.न.पा.५ र ता.न.पा. १० मा कार्यान्यन हुने गरी सेतीपोखरी, गणशाल, बृन्दावन मोटरबाटो स्तरोन्नतीको आयोजना परेको थियो । सो योजनाको जम्मा ४८ लाखमा उदय कन्ट्रक्सन एण्ड ईन्जिनियरीङ्ग कन्शल्टेन्सीले ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सम्झौता गरी काम शुरु पनी गरेको र काम गर्दै जाँदा बजेट अपुग भएको भन्दै सम्पर्क बिहिन भएको उपभोक्ताको भनाई छ । स्थानियले र वडा कार्यालयले पटक पटक ठेकेदार कम्पनीलाई सम्पर्क गर्ने प्रयास गरे पनी सम्पर्क हुन नसकेको वडा अध्यक्ष हिमलाल पंगेनीले बताए । आयोजनाको काम सम्पन्न नहुदा वडाकै बिकासमा समस्या भएको पंगेनीको भनाइ छ । उनले नगरपालिकामा पटक पटक आयोजनाको कामलाई अघी बढाउन पहल गरिदिन आग्रह गरे पनी सुनुवाइ नभएको बताएका छन् । ठेकेदार कम्पनीका प्रमुख मनिष उदयलाई धेरै पटक सम्पर्क गर्ने प्रयास भएको भएपनी उनी सम्पर्कमा नआएको वडा कार्यालयले जनाएको छ । प्रदेश सरकारको बजेट अन्तर्गतको काम भएकोले आफुहरुले कार्वाहीको काम गर्न नमिल्ने भएकोले नगरपालिकालाई अनुरोध गरिएको वडा कार्यालयले जानकारी गराएको छ ।
ठेकेदार कम्पनीले नाली बनाउने, तारजाली लगाउने, लेबल मिलाउने, माटो भर्ने कामका लागी ठेक्का हात पारेको थियो । आफैले काम गर्न सक्छु भनेर आधा रकममा सम्झौता गरेको र पछी रकम अपुग भयो भन्दै ठेकेदार भाग्नु गैर जिम्मेवारी काम भएको वडाध्यक्ष पंगेनीले बताए । यता स्थानियले भने बाटोको काम पुरा नहुदा असहज भएको बताएका छन । स्थानिय कृृष्णगोपाल भट्रराईले बाटोको काम सम्पन्न नहुदा बर्षायाममा हिडनै मुस्किल हुने गरेको बताए । साना सवारी साधन चिप्लीएर लडने तथा हलुका चार पांग्रे सवारी समेत बर्षायाममा आवतजावतमा कठिन हुने गरेको कृृष्णगोपाल भट्रराईको भनाइ छ ।
समयमै यस तर्फ सम्वन्धीत निकायको ध्यान नजाने हो भने सरकारीलगानी वालुवामा जाने निश्चित छ ।













