पाल्पा १२ भदौ
रैनादेवी छहरा गाउँपालिका वडा नंं ३ भुवनपोखरीमा नेकपा एमाले वडा कमिटी बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा भेलामा नेकपा एमालेका लुम्विनी प्रदेश कमिटी सदस्य ओम बहादुर घर्ति मगरले देशको विकास गर्न, महङ्गी नियन्त्रण गर्न शुसासन कायम गर्न जनताले आउदो मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
वर्तमान गठवन्धन सरकारले महङ्गी बढाएको, जताततै भष्ट्राचार वढेको, पेट्रोलियम पदार्थ डिजेल, पेट्रोलमा दोव्वर मुल्यबृद्धि गरेको, कृषकहरुलाई मल उपलब्ध नगराएको, प्रधानमन्त्री आफ्ना लाई प्रहरी प्रमुख बनाउन ऐन नियम नै संसोधन गरेको, राष्ट्रघाती नागरिकता विधेयक ल्याएको, अमेरीका संग एमसीसी र एसपिपि जस्ता राष्ट्रघाती सम्झौता गरेर देश र जनताको विरुद्धमा काम गरेको घर्तिमगरले आरोप लगाए ।
देशको विकास गर्न, नेपालीलाई सुखी र सम्बृद्ध बनाउन एमाले नयाँ सरकार गठनको लागी आगामी निर्वाचनमा पाटी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने घोषणा गरेर चुनावी प्रचारमा लागेको नेता घर्तिमगरले बताए ।
वडा भेला तथा प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य मिरा मरासिनीले महिला, दलित तथा उत्पिडित जातीहरुको हक हित र उत्थानको लागी सबैले नेकपा एमालेलाई मंसिर ४ गते को निर्वाचनमा मतदान गर्न र गराउन कार्यकर्ताहरु अझै सक्रिय भएर लाग्नु पर्ने बताईन ।
पाटी सचिव रामजी पोखरेलले यस क्षेत्रमा नेकपा एमालेको सक्रिय कार्यकर्ताहरु बढ्दै गएकोले आगामी निर्वाचनमा संघ र प्रदेशका प्रतिनिधीहरुमा एमाले विजय सुनिश्चित रहेको दावी गरे । रैनादेवी छहरा पाटी कमिटी अध्यक्ष राम प्रसाद ज्ञवाली, प्रदेश कमिटी सल्लाहकार सदस्य लाल बहादुर दर्लामीले कार्यकर्ताहरुलाई प्रशिक्षण गर्दै एमालेका उम्मेदवार लाई जिताउन आजै देखी घरदैलो अभियान चलाउनु पर्नेमा जोड दिएका थिए । वडा कमिटी अध्यक्ष रमा नेपालीको अध्यक्षतामा भएको कार्यक्रम वडा कमिटी इन्चाज ज्ञान प्रसाद भण्डारीको स्वागत र सचिव भेषराज पन्थीको संचालनमा भएको थियो ।













