भाद्र १२ काठमाडौं ।
पछिल्लो समय देशै भरि बालेनको डोजरले चर्चा परिचर्चा वटुल्दै आएको छ । काण्ठमाण्डौ महानगरपालिका अवैधरुपमा वनेका सवै संरचनाहरु भत्काउने अभियानको रुपमा लागी परेको छ । आइतवार काठमाडौं महानगरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपास माथि बनाइएको संरचना भत्काउन सुरु गरेको छ । ती संरचना अवैधरुपा बनाइएको भन्दै आइतवार देखि भत्काउन थालेको हो ।
पैदलयात्रु हिँड्ने सब–वे माथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीतका संरचना भएकाले भत्काउन लागेको महानगरले जनाएको छ । महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन सुरु गरिएको हो ।
सबवे भित्रका ७ वटाबाहेक सबै सटर अवैध भएका महानगरले जनाएको छ । ती सब–वेमा पैदलयात्रु हिँड्न सकस भएकाले भत्काउन लागिएको हो । ती संरचना सबै हटाइने महानगरले जनाएको छ ।













