पाल्पा १२ भाद्र
माथागढी गाँउपालिका ४ नेटामा १४ वर्षिय छोराले आफ्नै बाबुको हत्या गरेका छन् । घरमा सामान्य झगडा हुदा १४ वर्षिय छोराले ४५ वर्षिय बावु तिल बहादुर दिसालाई चिर्पट दाउरा प्रहार गरेका थिए ।
टाउकोमा चिर्पट प्रहारबाट तिल बहादुरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना शनिबार रातीको भए पनी स्थानियले घटना बारे प्रहरीलाइ आइतबार विहान मात्र जानकारी गराएका थिए । घटनाको सुचना पाउनासाथ प्रहरी चौकी माथाले १४ वर्षिय बालकलाई घटनास्थल पुगी नियन्त्रणमा लिएको छ । जिल्लावाट गएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले घटनाको प्रारम्भीक अनुसन्धान पछि शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल पाल्पा पठाएको छ । घटनाबारे थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।












