नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला संगठन रुपन्देहीको आठौं जिल्ला सम्मेलन सम्पन्न भयो।
सम्मेलनले पुजा खरेलको नेतृत्वमा ११ सदस्य जिल्ला कार्यसमिति चयन गर्यो । सम्मेलनले उपाध्यक्षमा माया सुवेदी,सचिव मिना पौडेल,कोषाध्यक्ष भागिरथि थारु चयन हुनुभयो। उक्त आठौं जिल्ला सम्मेलन उद्धघाटन गर्दै अन्जना तामाङले महिलाहरुलाई चारवटा अधिकार प्राप्तिका लागि लड्नु पर्ने बताउनुभयो । उहाँले १० राज्य माथिको अधिकार,२० श्रम माथिको अधिकार,३० शरीर माथिको अधिकार,४० सम्पत्ति माथिको अधिकार बारेमा आफुहरु निरन्तर लड्ने बताउनुभयो । साथै उहाँले यी चार अधिकार प्राप्त गरेपछि बल्ल महिला अधिकार निश्चित हुने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि नेकपा (बहुमत) जिल्ला ईन्चार्ज प्रवेश,नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य शेरमान,नेपाल कम्युनिस्ट पार्टी ९कपिलवस्तु० जिल्ला संयोजक संघर्ष,केन्द्रीय सदस्य मिलन,पाल्पा जिल्ला संयोजक,रुपन्देही जिल्ला संयोजक सुनिल,ब्युरो सदस्य संन्जिव कुमार,युवा जनस्वयम् सेवकका पाल्पा मोहन निवाङ,अखिल नेपाल महिला संगठन नेपाल कि केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश समिति ईन्चार्ज रन्जिता थापा,युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य बालेन,जिल्ला कानुन तथा न्याय विभाग खोमा,सहिद परिवार मिना पौडेल तथा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) रुपन्देही देवदह नगरपालिका ईन्चार्ज दिपक लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । भने प्यानल प्रस्ताव रन्जिता थापाले गर्नु भएको थियो । कार्यक्रमको अध्यता पुजा खरेल गर्नु भएको थियोे भने संचालन अखिल नेपाल महिला संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज बिमा भट्टराईले गर्नु भएको हो ।













