पाल्पा ७ भाद्र
पाल्पाको आर्यभन्ज्याङमा मंगलबार दिउसो २ः५० वजे बेवारिसे नवजात शिशुको शव फेला परेको छ । पाल्पाको बगनासकाली ३ आर्यभन्ज्याङ स्थित सिद्धार्थ राजमार्गको किनारमा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाउको छ ।
आर्यभन्ज्याङ स्थित सिद्धार्थ राजमार्गको किनारमा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव रहेको सूचनाका आधारमा आर्यभन्ज्याङ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाल्पाले शव बरामद गरि अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी गराए ।














