पाल्पा ७ भाद्र
नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा सहित ४ दलले एमसीसी सम्झौताको विरोध, विप्लवसंग गरिएको ३ बुँदे सम्झौताको पालना, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा आफुहरूले संघर्ष गरिरहेको विरूद्ध आह्वान गरेको नेपाल बन्द प्रभाव पाल्पामा पनि परेको छ ।
मंगलबार बिहानैदेखि लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । पाल्पामा सार्वजानिक सवारी नचलेको र सदरमुकामबाट बाहिरिने तथा भित्रिने सवारी पनि नचलेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका (विप्लव समूह), वैज्ञानिक समाजवादी कम्युनिस्ट, नेकपा माओवादी समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताको विरोध, विप्लवसंग गरिएको ३ बुँदे सम्झौताको पालना, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा आफुहरूले संघर्ष गरिरहेको विरुद्ध गरेको नेपाल बन्दको प्रभाव विधालय, पसल, सार्वजनिक यातायातमा देखिएको छ ।
पाल्पाका चोकचोकमा आज बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन् ।
प्रहरी कार्यालय पाल्पाका अनुसार भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर प्रहरी परिचान गरिएकोे जनाएको छ ।
बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु बाहेक सबै बन्द रहने तथा बन्द बिहान ५ बजेदेखी साझ ५ बजेसम्म हुने सो पार्टीले जनाएको छ ।
बन्दले यात्रुले सास्ती बेहोर्नु परेको छ । आफ्नो गन्तव्यमा जाने यात्रुहरूले सवारीसधान नचल्दा सास्ती बेहोर्नु परेको हो ।
साउन २७ गते संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका ४ दलले भाद्र १ गतेदेखि सप्ताहव्यापि संघर्षका कार्यक्रम गर्दै आएका थिए। दलहरूको पुर्वनिर्धारित कार्यक्रम अनुसार आज नेपाल बन्दको आह्वान गरिएको हो ।














