पाल्पा ७ भाद्र
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले आगामी मंसिर ४ गते हुने निर्बाचनले मुलुकको राष्ट्रियता जोगाउने कि बिदेशी साम्राज्यवादिको हातमा सुम्पिने भन्ने बारेको निर्कौल गर्ने बताउनु भएको छ ।
नेकपा एमाले रिब्दिकोट गाउँ कमिटिले देउरालीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै नेता गैरेले चुच्छे नक्सा बोक्न नसक्ने गठबन्धन सरकार बिदेशीको इसारामा चलेको र त्यसैको परिणाम नागरिकता बिधयक आएको बताउनु भयो ।
पाच पटक एमाले बाट चुनाब जितेका माननीयहरु अहिले बिदेशीको इसारामा चलेको,पार्टी फुटाउन सघाउ पुर्याएनेलाई अब हुने निर्वाचनमा जनताले तिरस्कृत गर्ने बताउनु भयो ।
कार्यक्रममा एमले केन्द्रिय सदस्य एबम जिल्ला इन्चार्ज सिर्जना काफ्लेले माक्र्सबादको ब्याख्या गर्दै पित्री सत्ताको अन्य गर्दै महिला पुरुष एकै हुन र अबसर पाउँदा महिला पनि जस्तो सुकैकाम पनि गर्न सक्छन् भन्ने जापान लगाएतका देशमा नेपाली महिला हरुले गरेको प्रशम्सनिय कार्यको उदाहरण प्रस्तुत गर्नु भएको थियो ।
पार्टी सुदृढीकरण एवम् मंसिर ४ मा हुने निर्वाचन केन्दित कार्यक्रममा बोल्ने बक्ताहरुले रास्ट्रियताको पक्षधर एमाले लाई जिताउन जनता लाई आह्वान बहुमत आउने गरि अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष धनेन्द्र राज घिमिरे ,दुर्गा खनाल ,देबि बश्याल,नारायण जि सि,राम बहादुर राउत,माधब आचार्य लगायत बोल्नु भएको थियो ।
कार्यक्रम रिब्दिकोट गा.क. अध्यक्ष आसिश दुधराजको सभापतित्वमा भएको थियो ।













