अनुरागि ( शिव भट्टराई )
पाल्पा ६ भाद्र
भागिरथ चलाउने र सुनिता बुढाको आवाजमा रहेको तिज गीत झमझम झुम्कना करोड क्लवमा पुगेको छ । गीतको टिमले भदौ ५ गते इन्द्रेणीको कार्यालयमा करोड क्लव सेलिव्रेसन गर्दा केक काटेर सम्पन्न गरेको थियो। कार्यक्रममा गीतका निर्देशक प्रकाश भट्ट छायांकन टिम संगै पत्रकार ,प्राविधिक, एरेन्जरको उपस्थिती रहेको थियो। गीतले छोटो समयमै चर्चा कमाउन सफल बनेको छ । गीतलाइ वम वहादुर गाहाको शब्दमा भागिरथ चलाउनेको लय र आवाजमा प्रस्तुत गरिएको छ । गीतको संगित संयोजन विनोद बाजुरालीलो गरेको हुन्।
भिडियो युटुवमा १ करोड ३० लाख बढि दर्शकले हेरिसकेका छन्। गीतले दैनिक राम्रो युटुव भ्यूज कमाएई रहेको छ। गीतको भाव लय शब्द फरक शैलीमा बनेको र टिकटक मा अधिक दर्शकले रुचाएका कारण पनि सजिलै करोड भ्यूज पुग्न गएको गीतका सर्जक तथा गायक भागीरथ चलाउने वताउछन् ।
गीतको भिडियोमा गीता ढुंगाना भागिरथ चलाउनेको दमदार अभिनय देख्न सकिन्छ ।
स्वर संगै शब्दमा दम र साना देखी ठुला सम्मले टिकटक भिडियो वनाएर पोष्ट गरेकाकारण धेरै दर्शकहरुले रुचाइएको कृष्ण कंडेलले प्रतिकृया दिएका छन्। त्यस्तै कंडेलले मिठा मौलिक गीत चर्चामा पुग्नु राम्रो कुरा रहेको वताएका हुन्।













