पाल्पा ६ भाद्र
पुर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालले यो चुनावमा ठुलो शक्ति हुन्छौ र सरकार नै बनाउछौ भन्ने अपेक्षा नरहेको बताए ।
नेकपा एकिकृत समाजवादी पाल्पाले तानसेनमा गरेको स्वागत कार्यक्रममा नेता खनालले यस्तो बताएका हुन् । पार्टी भर्खरै जन्मिएको अवस्थामा भएको भन्दै नेता खनालले निरन्तरको संगठन विस्तारले कुनै न कुनै दिन पाल्पा जिल्ला लाल किल्ला बनाउने संकल्प पुरा हुने जानकारी गराए ।
अझै पनि नेपालका २५ प्रतिशत भन्दा वढि जनता गरिवीको रेखामुनी रहेको वताउदै वर्गिय भिन्नता हटाउनुपर्ने जनाए । वर्ग संर्घषको लडाँईको जिम्मेवारी नेकपा एसमा छ । नयाँ ढंगले पाँच दलिय गठबन्धन होसियारीका साथ अघि बढ्नुपर्ने छ । समाजबादी क्रान्तीको अन्तिम संघर्ष भएको भन्दै बहस र विबादले अनेक शक्ति जन्मने नेता खनालले बताए ।
बामपन्थी आन्दोलनमा मै हुँ भन्नेहरुको अहमता भएका कारण बाम एकता हुन नसकेको नेता खनालको भनाई छ ।
नेता खनालले समाजवादको बारेमा परिकल्पना गरेको भन्दै अहिले निर्वाचनको तयारीमा भएकाले गठबन्धनले पक्कै पनी निकास दिने बताए ।












