
पाल्पा २९ साउन
तानसेन नगरपालिका–७ का २९ वर्षिय युवा किसान सन्दिप अधिकारी ड्रागन फ्रुट खेतीवाट हुने आम्दानीबाट सन्तुष्ट हुनुुहुन्छ । उहाँले ड्रागन फ्रुट सग सगै लहरे आँप बेचेरै पहिलो उत्पादन सगसगै वार्षिक रु १ लाख मुनाफा आर्जन गर्दै आउनुभएको छ ।
केही वर्ष यता काठमाण्डौमा आफुले गर्दे आएको जागीर छोडेर आफ्नै गाउँठाउँमा केही गर्नु पर्छ भनेर २ वर्ष अगी पाल्पा घर आई आफूसँग भएको रु ६ लाख रुपैयाको लगानीमा र रेडा पाल्पाको सहयोगमा कृष्कम कृषि फार्म संचालनमा ल्याउनु भएको हो । पहिलो पटक उहाले परिक्षणको रुपमा आफनै खाली रहेको ८ रोपनी जग्गामा आधुनिक प्रविधीको फलामे टहराहरु निमार्ण गरि २०० वोट ड्रागन फ्रुटको विरुवा र २०० वोट लहरे आँपको विरुवा लगाउनु भएको थियो । पहिलो वर्षको उत्पादन फल बेचेर उहाँले रु १ लाख कमाउन सफल बनेको राष्ट्रियन्युजलाई वताउनु भयो । अधिकारीले घरपरिवारको पूर्ण सहयोग रहेको यस खेतीलाई आफैले नै विभिन्न भिडियोहरु युटुवमा हेर्दे सिकेर आफुले पनि सोही अनुसार खेती गर्न सुरुवात गरेको वताउनु हुन्छ । ८ रोपनीवाट सुरु गरेको खेतीलाई उहाँले विस्तार गरि यसपटक भने १५ रोपनी जग्गामा फैलाउन लागेको अधिकारीले जनाउनु भयो ।
विशेष गरि ड्रागन फ्रुट र लहरे आँप खेतीकोलागी सुरुमा अलीकति जग्गा र पानी साथै टनेल निमार्णको लागी आवश्यक सामाग्री भएपछि विरुवा लगाउन सकिन्छ । ड्रागन फ्रुट उत्पादनककोलागी टेका आबश्यक पर्ने हुदा त्यसकोलागी टेका निमार्ण गर्दिनु पर्ने हुन्छ भने लहरे आँपकोलाई भने फलाम वा काठैकाठको टनेल निमार्ण गर्दा उपयुक्त हुन्छ । सुरुको अवस्थामा विरुवा हुर्काउनको लागी अलि वढि मेहेनत गर्नु पर्ने हुन्छ भने विरुवा हुर्कीसकेपछि खासै मेहेनत नलाग्ने अधिकारी वताउनु हुन्छ ।
अधिकारीले ड्रागन फ्रुट,लहरे आँप मात्र नभई अखवरे र्खुसानी समेत खेती गर्नु भएको छ । अहिले अधिकारीले फलमात्र बेचेर नहुने भन्दै थप आम्दानीको लागी ड्रागन फ्रुट,लहरे आँप, र्खुसार्नी, जी नाइन केरा,आँप,लिचि,एवोकाडो,ओखर,रातो कटहर,सुन कागती,थाई अम्बा लगाएतका विरुवाहरु पनि वेचेर आम्दानी गर्दे आउनु भएको छ ।
गरे के हुदैन भन्ने भनाईलाई पुष्टि गर्दे युवा कृषकहरुको लागी एउटा राम्रो उदारणीय पात्रकोरुपमा उहाँलाई लिन सकिन्छ ।
वजारीकरणको कुनै पनि समस्या नभएको वताउदै नेपाली बजारमै अहिले उत्पादन भएको ड्रागन फ्रुट तथा लहरे आँपको बजार पनि राम्रो भएको सन्दिप अधिकारी वताउछन् । विशेष काठमाण्डौ र पोखरामै उत्पादित फलफुल खपत हुने सन्दिपको भनाई छ । ड्रागन फ्रुट बेच्दा प्रति के.जी. ६ सय र लहरे आँपको होलसेलमा ५ देखि ६ सय सम्म विक्री गरेको अधिकारीले वताउछन् ।
सन्दिपले आफुसंग लगानी धेरै नभएको कारण सानो लगानीवाट राम्रो आम्दानी लिन सकिने खेती रोजेको वताउछन् । सानोलगानी वाट राम्रो आम्दानी लिन सकिने खेतीको रुपमा ड्रागन फ्रुट र लहरे आँपलाई लिन सकिन्छ । एउटा ड्रागन फ्रुटको बोटमा ५० किलोसम्म फल उत्पादन लिन सकिने अधिकारी वताउछन् ।
तिनै तहका सरकारले पनि सन्दिप जस्ता युवा कृषकहरुलाई मध्यनजर गर्दे अनुदान तथा प्राविधिक सहयोय गर्ने हो भने अझै कृषिमा क्रान्ती ल्याउन सकिने देखिन्छ ।