नेपालमा थप ४ सय ५५ जनामा कोरोना संक्रमण थपिएका छन् । देशभर २ हजार ३ सय ८ पिसिआर परिक्षणका गरिएको मा ३ सय ५ जना र एन्टीजेन परिक्षण २ हजार ५ सय मध्ये १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप २ जनाको मृत्यु संगै अहिले सम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको भएको छ । त्यस्तै थप ३ सय २ संक्रमित निको भए संगै हालसम्म नेपालमा ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन् ।
अहिले नेपालमा ५ हजार ४ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएका छन् ।