काठमाडौँ – नेपालमा २४ घण्टामा ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको र सोही अवधिमा ४३३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।













