नेपाली चर्चित गायक नविन पौडेलको फेरि आफ्नै स्वरमा रहेको नयाँ गित आउँदै छ ।
उहाँले चिन्न, पर्यो देशलाई चोट जस्ता देशभत्तिका गितका साथै मन परेरै हो, लेउ खुकुरी लेउ जस्ता धेरै गितहरु गाउनु भएको छ । अहिले बजारमा आउँदै गरेको नयाँ गितको बोल हर हर बासना अगरबत्तिको कस्ले माया गर्छ तिम्लाई मैले जत्तिको भन्ने रहेको छ । यो गितको अडियो तयार भइसकेको छ भने म्यूजिक भिडियो भनि छिटै नै बजारमा आउने गायक नविन पौडेलले जानकारी दिनुभयो । यस गितको भिडियो सुटिङ बुटवलमा हुने भएको छ । कक्षा आठमा पढ्ने उहाँ कै छोरी स्वीकृति पौडेल र एरेन्जर कृश्ण केसिको अभिनय रहने बताउनुभयो । यसका साथै गायिका आशा बि.सि, शब्द नविन पौडेल, लय रबि कार्कीको रहेको छ ।
यो हर हर बासना अगरबत्तिको कस्ले माया गर्छ तिम्लाई मैले जतिको गित सबैले सुन्न मिल्ने खाल्को, एकदमै राम्रो गित रहेको छ ।













