काठमाडौं सत्तारूढ गठबन्धनका शीर्ष नेताहरु आगामी चुनावको मितिबारे छलफलका गरिहेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दलका शीर्ष नेताहरू चुनावको मिति टुंगो लगाउन छलफल र समसामयिक राजनीतिका विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।
सरकारले आगामी मंसिर ४ गतेभित्रै निर्वाचनको मिति तोक्ने तयारी भएको बताए पनि हालसम्म घोषणा हुन सकेको छैन। चुनावको घोषणा नगर्दा प्रमुख प्रतिपक्षी एमालेले चुनाव सार्ने षडयन्त्र भएको आरोप लगाउँदै आएका छन ।
निर्वाचन आयोगले पनि १ सय २० दिनको अवधि राखेर चुनाव घोषणा गर्न सरकारसँग आग्रह गरेका छन। सरकारले सोमबार मन्त्रिपरिषदको बैठकमा मिति तोक्ने भने पनि त्यस दिन बैठक नै बस्न सकेका थिएनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्री र सचिवहरुलाई बोलाएर चुनावको मिति चाँडै तोकिने र त्यसको तयारीमा लाग्न वताउनु भएको छ ।













