पाल्पा– सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको मुख्य सडक भासियो । सिद्धार्थ राजमार्गका तिनाउ गाउँपालिकास्थित हिउँदेखोलामा ५० मिटर बढी सडक भासिएको छ ।
विगत चार दिनदेखि केही मात्रामा भासिएको सडक बुधबारदेखि दुई खण्ड हुनेगरी सडकको सात मिटर बढी चौडाई भासिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिनुभया ।
उहाँले हालका लागि भासिएको सडकमा माटो भर्दै सवारी पास गरेको बताउनुभयो।













