काठमाडौँ – नेपालमा २४ घण्टामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ९६८ जनाले ज्यान गुमाएका भनि स्वास्थ्य मन्त्रालयजनाएको छ ।
हाल देशभर ५ हजार ४३३ कोरोनाका सक्रिय संक्रमित रहेका छन् भनि बुधबार ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टामा देशभर ३ हजार ९१ पीसीआर तथा २ हजार ९११ एन्टिजेन परीक्षण भएको छ।












