राष्ट्रिय न्युज रिब्दिकोट- लुम्बिनी प्रदेश पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकाको आयोजनामा प्रसिद्ध धार्मिक स्थल जलेश्वर महादेव मन्दिर रिब्दिकोट ५ जलेश्वरधाम परिसरमा २ दिने तनाव विसर्जन कार्यशाला कार्यक्रम सन्चालन भएको छ।

गाउँपालिका प्रमुख नारायण बहादुर कार्किको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख कार्किले तनावलाई तनाव मुक्त गरि सकारात्मक सोचका साथ जनताको सेवा गर्ने कर्मचारी, जनप्रतिनिधि, समाजसेवीलाई यो कार्यक्रम लाभदायक रहेको बताउनुभयो ।कार्किले जलेश्वर धाम पुरातात्त्विक सम्पदा र ऋषिमुनि सिद्ध पुरुषहरुले ध्यान तपस्या गरेको तपोवन रहेकोले जलेश्वर धाममा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

रिब्दिकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेस भुसालले आजभोलिका मानिसको जिबन तनावग्रस्त रहेकोले के सहि के गलत भन्ने थाहा नहुदा सकारात्मक सोचको थालनी तथा मानिसको ब्यक्तिगत जिवनलाई नकारात्मक प्रभावबाट टाढा रहन यो कार्यक्रम फलदायी रहेको बताउनुभयो।

रिब्दिकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले स्वास्थ्य शाखाको संयोजनमा कार्यक्रम सन्चालन गरिएको जानकारी दिनुभयो ।अधिकारीले नागरिकलाई औषधि मुक्त गर्ने मुख्य उदेश्य रहेको साथै दैनिक जिवनमा हुने तनावलाई बिसर्जन गर्ने कार्यक्रम रहेकोले मानिस स्वास्थ्य रहनुमा तनावमुक्त स्वास्थ्य प्रमुख रहेको बताउनुभयो । अधिकारीले ५० जनाको सहभागिता रहेको कार्यक्रमको प्रभावकारीताले आगामी दिनमा कार्यक्रमलाई वार्ड तथा पालिका अन्तर्गत संचालन गरिने बताउनुभयो ।

जिबन बिज्ञान प्रशिक्षक उदयराज अधिकारीले जलेश्वर धामको परिसर अध्यात्मिक उर्जाको स्रोत रहेकोले अध्यात्मिक पर्यटनको रुपमा स्थापितका लागि जिबन बिज्ञानको सहकार्य रहने बताउनुभयो ।













