मिलन काफ्ले पाल्पा - हिउँद महिना सुरू भए संगै आगलागी संगै बन डढेलाेकाे जाेखिम पनि उत्तिकै बढ्दै बढ्दो छ । जिल्लाकाे कुल क्षेत्रफल मध्येकाे करिब ५६.६२% क्षेत्रअर्थात ८२ हजार ७७३ हेक्टर बनक्षेत्रकाे रहेकाे छ। अहिले पाल्पा ग्रमिण क्षेत्रका जंगलहरूमा रूखका पात सुकेर पहेलै भएका छन। जंगल क्षेत्र वरिपरि सुकेका पात र बुट्यान चर्काे घामले खरिएकाे कारणले गर्दा आगाेकाे सानाे झिल्काले पनि आगलागिकाे उच्च जाेखिम बढाएको अवस्थामा बन डढेलाेकाे लागि याे प्रयाप्त हुनेछ। जिल्लाका अधिकांश ग्रमिणक्षेत्रमा बढ्दाे बसाईसराईका कारण गाउँघरका जनघनत्व पातलिदाे अवस्थाले संरक्षण अभाव तथा बनजंगल बाक्लाे हुँदै गएकाे अवस्था छ। मानव बस्ती जंगलकाे दुरि सांघुरिदै गएकाे छ। घरहरू छेउमा बनजंगल बढेर गएका छन् । यसले कारणले गर्दा पनि आगालागिकाे उच्च जाेखिमकाे सम्भावना अझै बढाएकाे छ । त्यसबाहेक डाँडाकाँडामा छरिएर रहेका गाउँबस्तीहरूमा समेत सुख्खा खडेरी र मुल संरक्षणकाे कमीले गर्दा पानीकाे पनि उत्तिकै समस्या छ। भने बिपद्काे बेला उद्वारकाे लागि बाटाेघाटाेकाे पनि समस्या छ।गाउँमा सक्रिय युवा जनशक्तिकाे समेत कमी छ। यसबाट पनि अधिकांश ग्रमिणक्षेत्र आगलागीकाे जाेखिम बढ्दो दरमा रहेको छ भन्न सकिन्छ।
कस्ताे छ त सरकारी तथ्यांक :-
जिल्ला प्रहरी कार्यालय पाल्पाकाे तथ्यांकलाई हेर्दा ०८०/०८१ सालमा जिल्लाभरी जम्मा २८ वटा आगलागिका घटना भएकाे देखाएको छ भने मानवीय क्षतिमा १ जना ,९ घर १८८ गाेठहरू जलि नष्ट भएको छ । ३१पशुचाैपायाकाे मृत्यु भएकाे तथ्यांकले देखाएको छ,त्यस्तै ०८१/०८२सालकाे चैत मसान्तसम्म पाल्पा जिल्लामा सानाठुला गरि जम्मा २७ वटा आगलागीका घटनाहरू भई सकेकाे छ। जसमा कुनै किसिमको मानवीय क्षतिकाे घटना नभएता पनि आगलागीबाट ४जना घाईते ८घर १२ गाेठ जलेर नष्ट भएको छ। १२वटा पशु चाैपाया मृत्यु भएकाे पाल्पा प्रहरी का प्रबक्ता हाेम प्रकाश चाैधरीले बताउँनुभयाे। यसमा उल्लेखित अधिकांश घटनाहरू पनि ग्रामिणक्षेत्रमै घटेकाे देखिन्छ।
राेकथाम तथा नियन्त्रणकाे लागि के कस्ता प्रयास भएकाे छ त:-
डिभिजन वन कार्यालय पाल्पाका अनुसार आगलागी नियन्त्रण तथा राेकथामकाे लागि तीन चरणमा काम भएकाे देखिन्छ ।
पहिलाे चरण:- समुदाय स्तरमा सचेतना कार्यक्रम, माेवाईल माईकिङ,पर्चा पप्लेटिङ तथा प्रचारप्रसार गरेको देखिन्छ ।
दाेस्राे चरण:- अग्नि नियन्त्रक सामाग्रीकाे खरिद तथा बितरण, अग्नि नियन्त्रक दस्ता (सवारि साधन सहित) चाैबिसै घन्टा शतर्क अबस्थामा रहेकाे,ड्राेन क्यामेरा मार्फत नियमित अनुगमन गरेको देखिन्छ ।
तेस्राे चरण:- आगलागीकाे प्रकृति अनुसारको जाेखिम नियन्त्रण र विश्लेषण गरि सुरक्षा निकायहरूकाे परिचालन गरेको देखिन्छ । साथै प्रमुख जिल्ला अधिकारिकाे अध्यक्षतामा डिभिजन वन सुरक्षा समिति गठन भई सक्रिय रहेकाे छ । तथा वन डढेलाे राेकथाम तथा ब्यवस्थापन कार्यविधि -२०८२ अनुमाेदन भई कार्यान्वयनमा आएकाे डिभिजन वन कार्यालय पाल्पाका सुचना अधिकारी खिलबहादुर तामाङले जानकारी दिनुभयाे।
यसरी पाल्पा जिल्लामा सरकारी स्तरबाट आगलागी तथा डढेलाे नियन्त्रणकाे लागि उचित स्राेत साधन सहितकाे तयारी भएता पनि ग्रामीणभेगकाे जाेखिम नियन्त्रणकाे लागि पर्याप्त ठाउँमा पानी संकलन पाेखरी निर्माण ,अग्निरेखाकाे ब्यबस्था गर्नुकाे साथै स्थानीय सरकार, सुरक्षा निकाय तथा स्थानीयहरू बीच समन्वयात्मक सञ्जालकाे भूमिका प्रभावकारि बनाउनु पर्ने देखिन्छ ।












