नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिका -७,काजीपाैवामा रहेको न्यू हाेराइजन आवासीय माध्यमिक विद्यालय पाल्पालाई अन्तरास्ट्रिय गुणस्तर मापन स्ट्यान्डर्ड चिन्ह आइएसओ प्रतिक चिन्ह लाेगाे हस्तान्तरण गरिएको छ।
न्यू हाेराइजन आवासीय माध्यमिक विद्यालय तानसेन पाल्पाले आइएसओकाे स्ट्यान्डर्ड चिन्ह लिन मापदण्डअनुसार पच्चीस प्रतिशत निर्देशन रहेको सूचकहरू पुरा गरेपछि विद्यालयले उक्त अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ प्रतिक लाेगाे बुझेको हाे । विद्यालयद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड चिन्ह गुणस्तर काउन्सिल नेपालका व्यवस्थापक सुदिप शर्माले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड चिन्ह स्ट्यान्डर्ड लाेगाे प्रदान गर्दै अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड काउन्सिल नेपालले विश्व स्ट्यान्डर्ड चिन्ह गुणस्तर मापदण्ड सम्वन्धि रहेको विश्वव्यापी छाता संगठनकाे रूपमा काम गर्दै पेसालाई एकीकृत रूपमा एउटै स्ट्यान्डर्डमा रहेर व्यवस्थापन गरेको छ।
यसमा आबद्ध हुने व्यवसाय संस्थाहरूले आफ्नो गतिविधिलाई एकरूपता गर्दै काम गर्नुपर्ने हुन्छ उहाँले स्ट्यान्डर्ड मापन सूचक आइएसओ अंकित प्रतिक चिन्ह लाेगाे न्यू हाेराइजन आवासीय माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्दै बताउँनुभयाे ।
अन्तर्राष्ट्रिय गुणस्तर काउन्सिल नेपालद्वारा हस्तान्तरण गरिएको आयाेजित कार्यक्रममा बुटवल न्यू हाेराइज इन्स्च्टियुट संस्थाका संस्थापक/प्राचार्य न्यू हाेराइज आवासीय माध्यमिक विद्यालय पाल्पाका सल्लाहकार एवं विशिष्ट अतिथि लाेकनाथ उपाध्याय, विद्यालय व्यवस्थापन समिति अध्यक्षका निर्मलप्रसाद लाकाेल तथा विद्यालयका प्रधानाध्यापक डाँसुराम पन्तले स्ट्यान्डर्ड चिन्ह प्रतिक लाेगाेलाई संयुक्तमा बुझ्नुभएकाे छ।
स्ट्यान्डर्ड मापदण्ड चिन्ह प्रतिक लाेगाे हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा तानसेन नगरपालिका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले दाेस्राे विश्व युद्ध पछि विश्व बजारमा आएको मन्दीकाे मारमाआक्रान्त रहेका व्यवसायकाे विस्तार गुणस्तरमा एकरूपता बनाउँदै सेवा क्षेत्रमा गुणस्तरीय बस्तुकाे उत्पादनकाे मापदण्डलाई विश्वसनीय बनाएर उच्च ब्रान्ड बजारमा पठाउने र अन्य सेवामूलक संस्थालाई समेत स्ट्यान्डर्ड चिन्ह प्रदान गरि आन्तरिक तथा बाह्य व्यवस्थापनमा काम गर्ने बताउँनुभयाे । नगर प्रमुख श्रेष्ठले शुभकामना मन्तब्य राख्नुहुँदै अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड चिन्ह लाेगाे उत्कृष्ट विद्यालयलाई प्रदान गरिने हुँदा यसको ओज गरिमा अनुसारको गतिविधिलाई विद्यालयले अघि बढाउन पर्ने र याे तानसेन नगरपालिकाकाे पनि सम्पत्ति रहेको हुँदा नगरका नीतिगत ऐन नियमसंग स्पष्ट रहेर र अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड चिन्हकाे मर्म भावना अनुसारको गतिविधि सञ्चालन गर्न सुझाउनु हुँदै उहाँले साेहीअनुसार क्रियाकलापकाे काम गर्नुपर्ने बताउँनु भयो ।
कार्यक्रममा उहाँले स्ट्यान्डर्ड चिन्ह गुणस्तर प्रतिक लाेगाे प्राप्त गर्नु ठूलो कुरा हाेईन तर पनि यसकाे सूचक अनुसार काम कार्वाहीलाई अघि बढाउनु नै मुख्य दायित्व रहेकोले विद्यालयबाट साेही मापदण्ड अनुसार गुणस्तर शैक्षिक पठनपाठनलाई विद्यालयले अगाडि बढाउँदै गुणस्तरीय बनाउँदै आफ्नो स्ट्यान्डर्ड उत्पादन आन्तरिक तथा बाह्य बजारमा समक्ष पठाउन सके मात्र यसको सार्थकता औचित्य रहने छ भन्नुभयो। आइएसओकाे शर्तअनुसार विद्यालयले हरेक शैक्षिक गतिविधि गर्नुपर्ने र काम गर्न सके याे स्ट्यान्डर्ड लाेगाेकाे लिएको सार्थकता हुने बताउँनुभयाे।
कार्यक्रममा शिक्षा तथा समन्वय एकाइ पाल्पा शिक्षा अधिकृत बसन्त राज भट्टले मन्तब्य राख्दै उहाँले भन्नुभयो याे चिन्ह प्राप्त गर्न थुप्रै सूचकहरू पुरा गर्नुपर्ने अवस्था रहेकोले सबै प्रक्रिया पुरा गरेपछि मात्र याे स्ट्यान्डर्ड गुणस्तर प्रमाण-पत्र प्राप्त गर्न सकिने प्रावधान रहेकोले साेही सूचक अनुसार पच्चीस प्रतिशत कार्य सूचक पुरा गरेर विद्यालयले स्ट्यान्डर्ड चिन्ह लाेगाे प्राप्त गरेकोमा शुभकामना दिदै संस्थागत विद्यालयमा गुणस्तर र अब्बल शिक्षा दिदै याे स्ट्यान्डर्ड चिन्ह लिन सफल रहेको उहाँले बताउँनुभयाे ।
न्यू हाेराइजन आवासीय विद्यालयकाे आयाेजित लाेगाेहस्तान्तरण कार्यक्रममा हाेराइजन इन्सि्च्युट बुटवलका संस्थापक प्राचार्य लाेकनाथ उपाध्यायले स्ट्यान्डर्ड चिन्ह अनुसार विद्यालयका हरेक गतिविधि गुणस्तरसंग जाेडिनेहुँदा स्ट्यान्डर्ड व्यवस्थापन गर्न संस्थाले आन्तरिक तथा बाह्य व्यवस्थापनलाई विशेष ध्यानदिएर अघि बढेको छ भन्नुभयो उहाँले कार्यक्रममा बाेल्दै अभिभावक शिक्षक र विद्यार्थीकाे त्रिकोणात्मक सम्बन्ध जबसम्म बन्दैन विद्यालयले गर्ने जस्तोसुकै गुणस्तर मापदण्डकाे कार्ययोजना अगाडि बढाएपनि त्यो सफल हुँदैन त्यसैले शिक्षक अभिभावक र विद्यार्थीकाे सम्बन्ध नै महत्त्वपूर्ण रहनेहुँदा यसका लागि सबै पक्षकाे सक्रियता साथ भूमिका रहेने बताउँनुभयाे।
प्राचार्य उपाध्यायले हामीले पाल्पाको शैक्षिक क्षेत्रमा गरेको जुन लगानी छ त्यो निकै अर्थपूर्ण रहेकोले पनि हामी केवल नाफामा
मात्र हाेइन समाजका लागि स्ट्यान्डर्ड जनशक्ति उत्पादन गरेर राष्ट्रका लागि विशेष याेगदान गरिरहेकाले पनि हाम्रो पहिचान आन्तरिक तथा बाह्य बजारमा दक्ष जनशक्ति सहित उपस्थिति रहने गरि संस्थाले याे अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड चिन्ह लिएको भन्दै
अब गुणस्तरीय शिक्षाको नाममा हुने गरेको बसाइँसराइ राेक्न ठूलो मद्धत पुग्ने र हामीले बुटवलमा विद्यार्थी भर्ना गरेर पाल्पामा
ल्याइ आवासीय सुविधा सहित गुणस्तरीय शिक्षा दिने यहाँबाट अन्यत्र जाने जनशक्ति पूँजी पलायनको परम्परा ताेड्न यसले ठूलो सहयोग पुग्ने बताउँनुभयाे।
कार्यक्रममा प्यापसन नेपाल केन्द्र प्रदेश र जिल्ला प्रतिनिधि,नेपाल रेडक्रस साेसाइटी पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पा र पत्रकारहरूकाे आतिथ्य रहेको थियोे ।विद्यालयकाेआयाेजित कार्यक्रममा मिनप्रसाद बन्जाडे, महेशमान बज्राचार्य,केशवराज नेपाल,कमलराज तिमिल्सिना र रूपबहादुर थापाले आ-आफ्नो धारणा सहितको शुभकामना दिनु भएको थियोे ।
स्ट्यान्डर्ड चिन्ह लाेगाे हस्तान्तरण कार्यक्रममा न्यू हाेराइजनका विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मलप्रसाद लाकाैलकाे अध्यक्षता प्रधानाध्यापक डाँसुराम पन्तकाे स्वागत र सहायक प्रधानाध्यापक चन्दकान्त न्याैपानेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।












