नवराज ज्ञवाली पाल्पा- जिल्लाकाे रिब्दिकाेट गाउँपालिकास्थित खस्याैलीमा रहेको खस्याैली प्राथमिक स्वास्थ्य केन्द्र खस्याैलीले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि सेवा लिनेको संख्यामा उल्लेखनीय बृद्धि भएको छ। प्राथमिक स्वास्थ्य केन्द्रले उपचारमा आउने बिरामीका लागि सहज रूपमा गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य उपचारका सेवाहरू उपलब्ध गराउनका लागि प्रतिबद्ध रहेको भन्दै यस स्वास्थ्य केन्द्रमा उपचार सेवाहरू थप गरिएको हाे। गाउँपालिकाकाे ग्रामीण भेगमा बसाेबास गर्ने अति विपन्न घर परिवार लगायत र आसपासका गाउँबस्तीबाट स्वास्थ्य उपचारमा आउने बिरामी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको हाे ।

स्वास्थ्य केन्द्रबाट सबै किसिमका राेगकाे स्वास्थ्य चेकजाँच गरि उपचार सेवा दिन थालेपछि यहाँ उपचार सेवा लिनआउनेकाे बिरामीको चाँप बढ्दो छ । खस्याैली प्राथमिक स्वास्थ्य केन्द्र रिब्दिकाेट गाउँपालिकाकाे केन्द्रबिन्दुमा रहेर नागरिकको स्वास्थ्य उपचार सहित सेवा दिदैआएको छ । याे स्वास्थ्य केन्द्रले नागरिकहरूको स्वास्थ्य उपचारलाई सहज वातावरणमा गुणस्तरीय र समयानुकूल बनाउँदै स्वास्थ्य उपचार सेवालाई भरपर्दो विश्वासनीय बनाउन लागि परेको छ । केन्द्रले विभिन्न राेगका उपचार सेवाहरू थप गरेर सेवाग्राही नागरिकको उपचार पाउने हकलाई समेत सुनिश्चित गर्दै सेवा सहज बनाएको छ । स्वास्थ्य केन्द्रले बिरामीहरूकाे स्वास्थ्य उपचारकाे सेवा थप गरेसंगै यहाँ उपचार गर्न आउने बिरामी संख्यामा समेत उच्चदरले बृद्धि भएको छ।
प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको बिरामी चाँप अनुसारको भवन नहुँदा साँघुरो ठाउँमा रहेर पनि उपचारमा नागरिकको मन जित्न सफल याे स्वास्थ्य केन्द्रले ग्रामीणभेगका दुर्गम गाउँबस्ती टाेलमा रहेका नागरिकलाई सहज गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिदै आएको हाे।

अहिले खस्याैली प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नका लागि सडककाे पहुँच विस्तार पनि जाेडिएकाे सडक पूर्वाधारकाे निर्माण भएसंगै स्वास्थ्य केन्द्रमा आउनजान सहज भएको छ । खस्याैली प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका दक्ष जनशक्ति सहित आवश्यक उपकरणको व्यवस्थापन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन केन्द्रले प्राथमिकताका साथ काम गरिरहेको मेडिकल अधिकृत डा.चुरामणि रेग्मीले बताउँनुभयो । उहाँले भन्नुभयो,सबैकाे मिहिनेत साथ सहयोग प्रयासले सम्भव भएको बताउँदै मेडिकल अधिकृत डा.रेग्मीले ‘‘सरकारले विकट बस्तीमा रहेका स्वास्थ्य संस्थाको स्तरोन्नतिकाे कामलाई विशेष प्राथमिकतामा राखेको छ । विपन्न र असहाय नागरिकले यहाँकाे उपचार सहज रूपमा पाउनेछन् यहाँ आउने बिरामीले सबैखाले राेगकाे स्वास्थ्य उपचार सुविधाकाे उपभोग गर्न सकुन् भन्ने हाम्रो प्रमुख लक्ष्य रहेको छ ।

" डा.रेग्मीले उपचारको अभावमा कोही कसैले पनि उपचार नपाएर अकालमा मृत्युवरण गर्न नपरोस्, सबै नागरिकले सहज रूपमा उपचारकाे सेवा लिन पाउन् भन्ने उद्देश्य साथ हामीले प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध रहेका स्राेतकाे अधिकतम् उपयोग गर्दै दक्ष चिकित्सक सहित अन्य ओहदाका जिम्मेवार स्वास्थ्य कर्मी र कर्मचारीबाट दत्तचित्त भइ स्वास्थ्य सेवा दिइरहेकाे बताउँदै बिरामीकाे उपचारमा खटिने जिम्मेवार स्वास्थ्य कर्मी चिकित्सक प्रति प्राथमिक स्वास्थ्य केन्द्रमा भएको सेवामा नागरिकहरू पनि सन्तुष्टि भइ खुशी भएको बताउनुभयाे ।

प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.रेग्मी आफुले यहाँ जिम्मेवारीमा आएदेखि नै स्वास्थ्य केन्द्रकाे गुणस्तर सुधार गर्दै सहज स्वास्थ्य उपचारका सेवा लागि याेजना बनाई कामहरू थालेकाे बताउँदै उहाँले प्रसङ्गमा कुराकानीमा भन्नुभयो । आफूले केन्द्रमा आएको महिनाभित्र सबै प्रकारका औषधीहरू सहजै उपलब्ध हुनेगरि व्यवस्था गरेको र करिब चालिस लाख रूपैयाँ बराबरको स्वास्थ्य केन्द्रमा बिग्रिरएर थन्किएको ल्याव मेसिनकाे सामग्रीहरूकाे पहिलो चरणमा लुम्बिनी प्रदेश आपूर्ति बिभागकाे Bio medical er लाई बाेलाएर सत्र हजार रूपैयाँकाे लागतमा थन्किएको सामग्रीहरूको मर्मत सम्भार गरेर ल्यावकाे सेवालाई सुचारु गरेको समेत उहाँ बताउँनुहुन्छ ।

प्राथमिक स्वास्थ्य केन्द्र खस्याैलीकाे सेवालाई गुणस्तरीय र सवल बनाउन गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीकाे महत्त्वपूर्ण सक्रियता रहेको र लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्री खेमबहादुर सारूकाे मुख्य पहलमा सम्पर्क समन्वय गर्दै प्रदेश सरकार एवं केन्द्र सरकारकाे लगानीमा X-ray machine, Hematology machine,Thyroid machine, patient monitor, Usg machine, Ecg machine, Er bed सहितकाे सामग्री Lab Equipment सहितको उपकरण प्राप्त भएपछि यहाँबाट सबै किसिमका राेगहरूकाे ( Lab test) परीक्षण सुविधा उपलब्ध गराउन सक्षम भएको डा.रेग्मी बताउँनुहुन्छ । यहाँ विशेष गरी (Blood test ) Rheumatism (बाथ ),CBC,RFT, LFT, Sugar, Cholesterol, Thyroid, Dengue, Scrub, Typhus, त्यस्तै पाठेघर मुखकाे क्यान्सर परीक्षण समेत हुने गरेको छ। यस स्वास्थ्य केन्द्रमा वार्षिक प्रयोगशाला परीक्षणमा करिब पन्ध्र हजार बढि बिरामीले ल्याव परीक्षण सेवा लिएको प्राथमिक स्वास्थ केन्द्रका ल्याव टेक्निसियन प्रकाश रायमाझीले बताउँनुभयो ।

यस प्राथमिक स्वास्थ्य केन्द्रबाट ओपिडी सेवामा वार्षिक ५०हजार र आकास्मिक सेवामा ७ हजार बढी बिरामीले सेवा लिएको ओपिडी सेवामा कार्यरत श्रृष्टी थापा र अनिता सारूले जानकारी दिनुभयो । गर्भ परीक्षण सेवामा २ हजार बढी गर्भवती महिलाले गर्भ चेकजाँच गराई सेवा लिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। यस प्राथमिक स्वास्थ्य केन्द्रबाट नेपाल सरकार,प्रदेश सरकार र स्थानीयतहले नि:शुल्क वितरण गर्न दिने औषधीहरू बाहेक अन्य औषधीकाे हकमा समायोजन गरी स्वास्थ्य बीमा अन्तर्गत वितरण हुने औषधीमा एकरूपता कायम गर्दै स्वास्थ्य बीमामा नसमेटिएकाे औषधीहरूलाई शुल्क लिएर उपलब्ध गराउने व्यवस्था गरिएको स्वास्थ केन्द्र मेडिकल अधिकृत डा.रेग्मी बताउँनुहुन्छ । उपचार लिनकै लागि सेवाग्राही बिरामीको बढ्दो चाँप पर्याप्त भवनको अभाव र साँघुरो ठाउँबाट पनि बिरामीको उपचार सेवामा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिइएकोले सेवाग्राही सन्तुष्टिले गर्दा सेवा प्रवाहमा मन आनन्दी भएको डा.रेग्मी भन्नुहुन्छ । यस स्वास्थ्य केन्द्रमा२४ सैँ घण्टाकाे आकस्मिक सेवा तथा प्रस्तुति सेवा उपलब्ध रहेको बताउँदै जेष्ठ नागरिकलाई नि:शुल्क ऐम्बुलेन्स सेवा दिइरहेको बताउँनुहुन्छ।

त्यस्तै भिडियो X-Ray सेवा र X-Ray सेवा Ece सेवा सहित स्वच्छ पिउने पानी,चमेना गृहकाे व्यवस्था, नागरिकमैत्री सूचना
बाेर्ड,बडापत्र,सुविधा सम्पन्न फार्मेसी व्यवस्थापनमा औषधीकाे उचित व्यवस्थापन गरि औषधी वितरण सप्ताहव्यापी सरसफाइ
सहित बिरामीको उपचार सेवा गरिएको बताउँनुहुन्छ। प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकारकाे स्वीकृत दरबन्दी अनुसार १ जना अस्थायी करार मेडिकल अधिकृत,१ जना स्थायी अहेव १ जना स्थायी एचए,१ जना स्थायी ल्याव टेक्निसियन, प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति करार १ जना एम्बुलेन्स चालक, रिब्दिकाेट गाउँपालिकाबाट १ जना करार अनमी २जना कार्यालय सहयोगी सहितको १० जनाकाे दरबन्दीमा स्वास्थ्य उपचार सेवा दिइरहेकाेमा उपचार गर्न आउने बिमारीकाे चाँपले गर्दा काम गर्न असहज हुनेहुँदा उपचार सेवा सहज बनाउन तथा नागरिकको आवश्यकता अनुसारको सेवा उपलब्ध गराउनलाई कठिनाइ भएको महशुस गर्दै भरपर्दो सेवा दिनलाई थप दरबन्दी व्यवस्था गर्नुपर्नेअवस्था रहेको स्वास्थ्य केन्द्र मेडिकल अधिकृत डा.रेग्मीले बताउँनु भयो ।
हामीले यहाँ आउने बिरामीको उपचार सेवालाई पूर्ण सन्तुष्टि बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रयत्न भन्दै यहाँ आउने सेवाग्राही बिरामीहरू खुशी भइ फर्किएको पाउँछौं डा.रेग्मी भन्नुहुन्छ ।
कुराकानी प्रसङ्गमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउनुभएका सेवाग्राही भीमबहादुर सुनारलाई तपाई यहाँकाे सेवामा सन्तुष्ट हुनुहुन्छ भन्दा उहाँ भन्नुहुन्छ पहिले सर्वसुलभ र गुणस्तरीय उपचार गर्न भनि जिल्ला सदरमुकाम वा अन्यत्र जानू
पर्थ्याे अहिले सबै सुविधा सहित उपचार हुनेगर्दछ। उपचार सेवा पनि सहज सबै राेगकाे चेकजाँच औषधी यही पाइन्छ। यहाँकाे स्वास्थ्य सेवामा हामी खुशी छाैँ भन्ने प्रतिक्रिया दिनुभयाे । त्यस्तै अर्का सेवा लिन आउनुभएका गंगाबहादुर थापाले पनि यहाँकाे
उपचार सेवा अहिले अत्यन्त राम्रो भएको छ,नागरिकमैत्री छ, नम्र बाेली व्यवहारले बिरामीकाे आधा जसाे राेग ठिक भएको
महसुस हुने गर्दछ। त्यसैले हामीहरू अहिले स्वास्थ्यमा जुनसुकै समस्या भएपनि यहीँ आउने गरेको उहाँ बताउँनुहुन्छ। सेवाकै
क्रममा स्वास्थ्य केन्द्रमा भेटिनुभएकी उमाकला विक पनि यहाँ अहिले धेरै सुविधा थपिएको छ उपचार पनि सहज रैछ औषधी
व्यवस्था राम्रो छ जतिसुकै भीडभाड भएपनि डाक्टरहरू सहजै उपचार दिनुहन्छ। त्यसैले यहीँ आएर उपचार गर्ने गरेको छु भन्दै
सेवा राम्रो भएको बताउनुहुन्छ ।
उपचारका लागि स्वास्थ्य केन्द्र आउनुभएका अर्का सेवाग्राही मीनप्रसाद ढकालले पनि अहिले धेरै राम्रो उपचार हुँदाे रहेछ सेवा सहज र प्रभावकारी रहेको साथै बिरामीको चेकजाँच समेत उत्कृष्ट रहेको स्वास्थ्य केन्द्र उपचार र व्यवस्थापन भएको रहेछ सबै सुविधा सहितको उपचार यहीँबाट पाउँदा किन अन्त जानुपर्याे र उहाँ भन्नुहुन्छ। खस्याैली प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति सदस्य एवं गाउँ कार्यपालिका सदस्य रञ्जना खनाल आचार्यले यस प्राथमिक स्वास्थ्य केन्द्रकाे स्तरउन्नती गरि पन्ध्र बेडकाे अस्पताल बनाउन सके अझ उपचार सेवा सहज हुने भन्दै नागरिकसंग सराेकार राख्ने विषयलाई गाउँ सरकारले विशेष पहल गर्न जरुरी रहेको र स्वास्थ्य केन्द्रकाे थप कार्यक्रम बनाई नीतिगत समस्या हल गर्दै नागरिककाे आवाज अनुसार अस्पतालमा रूपान्तरण लाग्नुपर्ने कार्यपालिका सदस्य आचार्य बताउँनुहुन्छ।
खस्याैली प्राथमिक स्वास्थ्य केन्द्रबाट हुने स्वास्थ्य उपचारका सेवाहरूमा विश्वसनीयता बढ्दो अवस्थामा स्वास्थ्य केन्द्रकाे आर्थिक वर्ष २०८१/०८२ काे न्यूनतम सेवा मापदण्ड तथा सम्पादनमा भएको कार्य प्रगति विवरण अनुसार गरिएको मूल्यांकनमा नेपाल प्रथम हुन सफल जानकारी दिदै यी सबै उपलब्धि हासिल गर्न खटिने स्वास्थ्य केन्द्रका कर्मचारी एवं नियमन निकाय,स्वास्थ्य केन्द्र व्यवस्थापन समिति र रिब्दिकाेट गाउँपालिका सक्रियता र सेवा सम्पादनमा नागरिकमैत्री भएर गरिएको कामकाे मूल्यांकनले गर्दा याे सम्भव भएको बताउँदै उहाँले याे उपलब्धि प्राप्त गर्न सफल भएको केन्द्रका मेडिकल अधिकृत डा.रेग्मीले बताउँनुभयाे।













