पाल्पा-
निस्दी गाउँपालिका जयामिरेका भोटे खरकमा ३७ वर्षिय सन्तोष सुनारी दश वर्ष भयो रगत र पसिना बगाउन पुगेको स्वदेशमा रोजगारको अवसर नपाए पछि सुनौलो भविश्यका कल्पना गर्दै भोटे खरकका तिस भन्दा बढि युवाहरु विदेशी भूमीमा रगत र पसिना बगाइ रहेको उहाँले बताउँनुभयो ।
विदेशमा पनि कठोर मेहनत गर्ने हो तर त्यही मेहनत पनि गर्ने ठाउ यहा नपाएर विदेशीनु परेको हो । गाउँमा रोजगारका बलिया अवसरहरु भएपनि पहुच नपुग्दा विदेशीनु परेको उहाले बताउँनुभयो । दक्षिण एसियामा नै सबै भन्दा ठुलो सिमेन्ट उद्योगको कच्चा पदार्थ चुन ढुंगा खानी सञ्चालनमा भए पनि यहाका युवाहरु विदेशीनु परेको स्थानिय विष्णु सुनारीले बताउँनुभयो । गाउँमा चुन ढुगां खानी सञ्चालन हुने भयो भन्दा सबै खुसी भएका थियौं तर खुसी त कागलाई बेल पाक्यो जस्तै भयो उहाँले बताउँनुभयो । गाउँमा खानी उद्योग छ तर त्यही गरिवी र अशिक्षाले पिल्सिएको पनि छ । गरिवीका कारण गाउँ घर आफन्त परिवार सबै चटक्क छाडेर विदेशीनु परेको स्थानिय कमल बहादुर दर्जीले बताउँनुभयो ।
माथागढी गाउँपालिका रहबासका ४० वर्षिय कमल सुनार तिन वर्ष विदेश बसेर घर आएको ४० दिन भयो । आफनै गाउँमा तानसेन सिमेन्टको चुन ढुंगा खानी भए पनि रोजगारको अवसरको खोजीमा विदेशी भूमिमा रगत र पसिना बगाउन पुगेको उहाले बताउँनुभयो । गाउँमा खानी उद्योग त संचालन भयो रोजगार त हुनेखानेको लागि मात्र भयो । हुदा खानेलाई कहिल्यै भएन । खानीमा आफनै गाउँ भन्दा बाहिरकाले अवसर पाए पनि आफनै गाउँकाले अवसर नपाएको उहाँले बताउँनुभयो ।

निस्दी गाउँपालिका ज्यामिरेमा चिन सरकारको लगानीमा होङ्सी सिमेन्टको खानी भए पनि गरिवीको खात कम नभएको स्थानिय बताउछन् । रोजगारको अवसरमा त जनप्रतिनीधिका आफन्त र झोलेहरुले अवसर पाएका छन् । त्यसले गर्दा गरिवीमा पिल्सीएका परिवारका सदस्य तथा पुर्वजनशक्ती वैदेशिक रोजगारबाहेक अन्यकुनै उपाय नभएको स्थानिय कल्पना पाण्डे मगरले गुनासो गर्नुभयो । जिल्लामा १० वटा भन्दा बढि खानी संचालनमा आएका छन् । खानी सञ्चालकले खानी सचालन राम्रो संग होस भनेर चुन ढुंगा ढुवानी गर्ने मुख्य साधन टिप्पर चालक भने स्थानियलाई प्राथमिकता दिएको छ । टिप्पर चालक स्थानिय भए पनि अधिकाश युवा टिप्पर छाडेर विदेश पुगेका तिनाउ गाउँपालिका मस्यामका बुद्ध बहादुर काकीले बताउँनुभयो ।
माथागढी गाउँपालिका ,तिनाउ गाउँपालिका, रैनादेवी गाउँपालिकामा समेत खानी उद्योग सञ्चालनमा आएको एक दशक पुरा भए पनि युवाहरु गरिवीका कारण विदेशी भूमि तर्फ लाखै खर्चिएर आफन्तबाट टाढा पुग्ने बाध्यता बढदै गएको स्थानियहरुले बताउँनुभयो ।
रैनादेवी छहरा गाउँपालिका सिदेश्वरका स्थानिय श्याम बहादुर कुमाल गाउँकोडाडामा खानी उद्योग संचालन भए पछि दैनिक सय भन्दा बढी टिप्पर गुडदा स्थानियले धुलो र प्रदुषण बाहेक केही पाउन सकेका छैनन्। टाढा बाठाले जमिनलाई खानीलाई बिक्री गरेपछि बजारमा गएर बसे । अब यहा बसेकाहरु दिन प्रतिदिन गरिबीलेमात्र सताएको छैन । धुलोले पनि सताएको उहाले बताउँनुभयो।

तिनाउ गाउँपालिकाको कचलका मालती दर्लामी भन्नुहुन्छ । सर्वोत्तम सिमेन्टको खानी सञ्चालनमा आएको एक दशक पुरा भयो । उद्योगमा स्थानिय पनि छन् । तिनै जनप्रतिनीधिको पहुच पुराएको कारण रोजगारी पाएका हुन् । कही कतै पहुच नपुगेका कारण खाडी मुलुकमा पुगेका छन् । स्थानियलाई रोजगारी भन्ने त एकादेशको कथा जस्तै भएको छ । स्थानियले धुलो बाहेक केही पाएका छैनन् । दश वटा खानी सञ्चालनमा आएका छन् । भविश्यमा थपआधा दर्जन खानी थपिने तयारीमा छन् । स्थानियको योग्यता र सिप , योग्यता अनुसारको कामपाउने नियम भएपनि खानी क्षेत्रमा सबै जनप्रतिनीधी कै व्यक्ती छन् । स्थानिय खानी कै कारण गरिवीले थिचीदै गएको रहवासका स्थानियहरुले बताउँनुभयो ।
निस्दी ,माथागढी, तिनाउ , रैनादेवी छहरामा दुई वटा खानी उद्योग संचालनमा आएका छन् । माथागढी ,तिनाउ पुर्वखोला गाउँपालिकाकमा नया उद्योग संचालनका लागि तयारी भएको बताइएको छ । स्थानिय सरकारले नै स्थानियलाइ रोजगारको अवसरको लागि प्राथमिकता भन्नु पर्ने हो । निर्वाचनका समयमा मत लिने समयमा नारा बजाउने निर्वाचन पछि बिर्सने प्रबृति बढेको छ । नीतिगत रुपमा संघिय तथा प्रदेश तहमा जनप्रतिनधिले पहल गर्नु पर्ने स्थानियले रोजगारको अवसर पाएको खण्डमा गरिवीको खाता कम पर्ने रहबासका स्थानियले बताउँनुभयो ।
खानी जन्यको प्रर्याप्त संभावना भएको यस जिल्लामा स्थानियलाई अवसर दिएको खण्डमा खेति योग्य जमिन समेत उपयोगमा आउदा खाद्यन्नको क्षेत्रमा आत्म निर्भर बन्ने देखिने भएकाले अव निर्माण हुने सरकारको त्यस तर्फ ध्यान पुग्न जरुरी देखिएको स्थानियको आशा रहेको छ ।












