पाल्पा । नेपाली कम्युनिष्ट पार्टीको पाल्पा क्षेत्र नम्बर २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले आफू हारमा पनि जनातासँगै रहेको बताउनुभएको छ । बुधबार बगनासकाली गाउँपालिकाको विभिन्न वडामा मतदातासँगको भेटघाटमा उम्मेद्वार पाण्डेयले आफू साझा उम्मेद्वार भएको दावी गर्नुभयो । पूर्व मन्त्री समेत रहनुभएका उम्मेद्वार पाण्डेयले मतदातासँगको भेटघाटमा निर्वाचन जित्दा मात्रै नभएर आफूले निर्वाचनमा पराजित भएको बेला पनि जनतासँगै रहेको जिकिर गर्नुभयाे ।
उम्मेदवार पाण्डेयले आफू जनप्रतिनिधि भएदेखि नै जनतामाझ छु । साझा रहेको बताउँदै आफ्ने जीवनपालपाली जनताको सेवामा सर्मिपित रहेको बताउनुभयो । "मेरो जीवन अब पूर्ण रुपमा जनताका लागि हो, पाल्पाली जनताले मलाई यो स्थानमा पु-याउनुभएको हो, उम्मेदवार पाण्डेयले भन्नुभयो ।" जिल्लाका दर्जनबढी सडकको नामाकरणदेखि ठूला र विकासका पूर्वाधारसँग जोडिएका विषयमा आफूले सक्दो पहल गरेको उहाँकाे भनाइ छ ।
पाल्पा २ का जनताले विकास रोज्ने हुँदा आफू निर्वाचित हुने उहाँले दावी गर्नुभयो ।













