काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले स्कटल्याण्डका विरुद्ध उत्कृष्ट खेल खेलेका हुन । ऐरीले २३ बलमा अर्धशतक प्रहार गर्दै नेपाललाई जितसम्म पुर्याए। सोमपालको उत्कृष्ट बलिङले ३ विकेट लिदै स्कटल्यान्डलाई थप दबाबमा राखेका थिए ।
ओपनिङमा कुशल भुर्तेलले ३५ बलमा ४३ रन ,आशिफ शेखले २७ बलमा ३३ रन ,कप्तान रोहित पौडेलले १४ बलमा १६ रन र गुल्सन झाले १७ बलमा २४ रन बनाएका थिए।
गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले पालैपालो तीन छक्का प्रहार गरेपछि नेपाल खेलमा मजबुत अवस्थामा पुगेको थियो ।
सोमपालले उत्कृष्ट बलिङ गर्दै उनले ४ ओभरमा २५ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । १६औं ओभरमा उनले ब्रान्डन म्याकलन र माइकल जोन्सलाई लगातार आउट गरेका हुन भने नन्दन यादवले २ विकेट लिए । कुशल भुर्तेल र कप्तान रोहित पौडेलले १–१ विकेट हात पारेका थिए । सन्दीप लामिछानेले ३ ओभरमा २९ रन खर्चिए भने दीपेन्द्र सिंह ऐरीले ३ ओभरमा २३ रन दिएका थिए ।
जितसँगै नेपालले १२ वर्षपछि विश्वकपमा ऐतिहासिक सफलता हात पारेको हो।
टि २० विश्वकप अन्तर्गत समुह
चरणको अन्तिम खेलसङ्गै जारि प्रतियोगिताबाट नेपाल र स्कटल्यान्ड बाहिरिएका छन् ।













