राष्ट्रिय न्युज पाल्पा माथागढी गाउँपालिका–१, चिदीपानी स्थित सौभाग्य माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण (ISO) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ISO म्यानेजर प्रशिक्षक सुदीप शर्माले अभिमुखीकरण गर्नुभएको थियो।

कार्यक्रममा वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) अध्यक्ष राजकुमार पन्थी, प्रधानाध्यापक कृष्ण प्रसाद खनाल, वि.व्य.स पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको संयुक्त उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक अनुप शर्माले गर्नुभएको थियो।
विद्यालयको शैक्षिक गुणस्तर सुधार, सेवा व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने तथा विद्यालयलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने उद्देश्यले ISO अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको वि.व्य.स अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो।













