राष्ट्रिय न्युज पाल्पा, माथागढी गाउँपालिका–१ चिदीपानी अन्तर्गत बाखाखोक–अर्पिडाडा क्षेत्रको एक वर्षदेखि जारी खानेपानी मूलसम्बन्धी विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण नेपालद्वारा सहजिकरण गरिएको मेलमिलाप तथा सहमति कार्यक्रम सम्पन्न भएको छ।

न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष विष्णु लुङ्चेको विशेष उपस्थितिमा वडा अध्यक्ष एवं न्यायिक समिति सदस्य राजकुमार पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनेटारी सिंचाइ उपभोक्ता समूह र अर्पिडाडा क्षेत्रका खानेपानी उपभोक्ताबीच छलफल गरिएको थियो।
छलफलका क्रममा सिंचाइ ट्यांकीभन्दा तल हाल प्रयोगमा रहेको मूल खानेपानीको प्रयोग तथा दर्ता सुनिश्चित गर्ने, सिंचाइ सुविधा माथिल्लो मूलबाट सञ्चालन गर्ने तथा बाझो जमिन नराख्ने विषयमा दुवै पक्षबीच सहमति कायम भएको छ। यससँगै एक वर्षदेखि चलिरहेको विवाद औपचारिक रूपमा समाधान भएको जनाइएको छ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष बिश्नुमाया लुङ्चेले मेलमिलाप नै समाज रूपान्तरणको दिगो आधार भएको उल्लेख गर्दै सहमतिलाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गर्नुभयो।
छलफलको निचोड प्रस्तुत गर्दै वडा अध्यक्ष राजकुमार पन्थीले जनतालाई अत्यावश्यक सेवा सुविधा सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले एक घर–एक धारा सुनिश्चित गर्ने दीर्घकालीन योजना कार्यान्वयनको चरणमा रहेको र यसले सबैलाई समेट्ने स्थायी समाधान दिने बताउनुभयो।
छलफलमा प्रेम बस्याल, जगनाथ बस्याल, माधव राना तथा दोस्रो पक्षबाट बालसिंह विक, ज्ञानबहादुर सारु, लक्ष्मी दर्जी र श्याम सारुलगायतले आफ्ना धारणा राख्नुभएको थियो।कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य तुल्सा न्यौपानेसहित संस्थाका प्रतिनिधि सान्ता भण्डारी, अ्म्बिका पठक बस्याल नेत्र धिताल र कमल श्रेष्ठको उपस्थिति रहेको थियो। छलफलमा सहभागी दुवै पक्षका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो। टोपला पान्ड्डेको सन्चालन मनिषा पराजुलीको स्वागतमा कर्यक्रम भएको थियो।












