रामपुर- वसन्त पञ्चमीको अवसरमा चापाकाेट स्याङ्जामा भजन–कीर्तन तथा धार्मिक पूजा सम्पन्न भएको छ। किसान बहु प्राविधिक शिक्षालयका पूर्व विद्यार्थीहरू—चापकोट स्याङ्जामा पशु विज्ञान अन्तर्गत अध्ययन गरी हाल डेनमार्कमा ओजेटी (On the Job Training) का लागि जानुभएका सचिन घिमिरे, प्रवेश भण्डारी र सन्देश श्रेष्ठले अध्ययन संगै तालिममा आर्जन गरि जम्मा गरेकाे रकम सहयाेगबाट पुजा सहित भजन–कीर्तन आयाेजना गरेकाे शिक्षालयका अध्यक्ष रेशम पंगेनीले बताउनु भयाे।
कार्यक्रमबारे जानकारी दिँदै कार्यालय प्रमुख शिव पाण्डेले हाल शिक्षालयमा पशु विज्ञान, कृषि लगायतका प्राविधिक धारका विषयहरू अध्यापन गराइँदै आएको बताउनुभयो । साथै, पूर्व विद्यार्थीहरूको यस्ता सहयोगले शैक्षिक संस्था र विद्यार्थीबीचको सम्बन्ध अझ बलियो हुने समेत पाण्डेले बताउनुभयो।
विद्या, बुद्धि र सिर्जनात्मकताको प्रतीक देवी सरस्वतीको पूजाका अवसरमा आयोजना गरिएको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो।








