राष्ट्रिय न्युज पाल्पा - दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा राजनीतिक दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दर्ता गरेका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा मंगलबार दलगत तथा स्वतन्त्र उमेदवारका उम्मेदवारी मनोनयन दर्ता गरिएको हो ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा ९ राजनीतिक दल र ४ स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दशरथ पंगेनीले बताउनुभयो।
क्षेत्र नं २ मा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।












