मेरो प्रियतम नीर :- प्रिय आज म हजुर प्रतिको मायालाइ शब्दमा उतार्ने कोसिस गर्दैछु ।यो केबल एक लेख मात्रै होइन मेरो मनमा बगिरहेका तमाम भावना र छाल हुन् जुन केबल हजुरको लागि मात्रै हुनेछ ।
सुर्यको सुनौलो किरणहरु सुसज्जित जसरि दिनलाई अगाल्न मेरो बिहानी ,दिनलाई सुर्यका किरणहरुले उज्यालो दिने दिनको उदय र अन्तय केबल हजुर सँगसँगै हुने गर्दछ । परेला छ्ट्पटयाइ नयन खुल्दा हजुरको नै नाम मानसपटलमा आउछ ।
मोबाइलको म्यासेज बक्समा शुभ बिहानि डियर भनेर उठेको संकेत स्वरूप म्यासेज जान्छ म छिटो उठे भने र यदि ढिला भयो भने उताबाट आएको रिपलाइ जान्छ ।
हाम्रो प्रेम एक गुलाफको फुल जस्तै रहयो जुन काडाको बिचमा पनि फुलेको छ ।तेस्तै कयौ बाधा बेबधानलाई सामना गर्दै हरेक परिस्थितिमा साथ दिएर एक कोपिलाबाट फ्रकिएको फुल जस्तै फुलायौ ।
मेरो जिन्दगीमा हजुरको आगमन भएसँगै हराएको मेरो हासो र खुशि फिर्ता पाएको छु । हजुरको बोलिमा सायद मदिरा नै मिसाएको रहेछ जब जब सम्बोधन गर्नुभयो नसामा लठ्ठीए जसरि मेरो हरेक नसानसामा पुग्ने गर्दछ । हजुरको काखमा बच्चा जस्तै लुटुपुटु गरि बस्न सक्छु । मलाई सबैभन्दा सुरक्षित महसुस हुन्छ हजुरको साथ , सबैभन्दा प्यारो हजुरकै काख हो । मलाई हजुरले गर्ने एक बा ले जस्तै माया, दाजुभाइले जस्तै गरि सुरक्षा , साथी जस्तै साथ हारेको बेला हौसला अनि उपलब्धिमा पुरस्कार मेरालागि हरेक परिस्थितिमा मेरो पछाडि दरिलो खम्बा बनेर उभिनु भएको छ ।
हजुरको दुखसुखको हिस्सा बनाउनु भयो । हजुर सँग बिताएका हरेक पल मेरालागि अबिस्मरणिय छन् । म हजुर बिनाको जिवन परिकल्पना समेत सक्दिन ।
अधेरी रातको जुनको किरण मेरो मुटु केबल हजुरकै नाम लिएर धड्किन्छ , बाचे पनि हजुरकै मरे पनि हजुरकै ।
जिन्दगीभरको लागि थामेका ति कोमल हातले कहिल्यै छाड्न नपरोस् । जिन्दगीमा धेरै सपना छैनन् हजुरको काखमा सिर राखि जस्तोसुकै परिस्थितिमा साथ दिन सकु हजुर ।
हजुरले मलाई गर्ने इज्जत दुनियाँको सामु यो मेरो हो भनि ढुक्कका साथ परिचय गराउदा निकै खुशि लाग्छ।
हामी नारीलाई चाहिने सबैभन्दा बढि माया सम्मान र इज्जत जुन कुरामा कहिल्यै कमि हुन दिनु भएको छैन ।
हजुरका हत्केला माथि मेरो पैताला राखि मेरो उदेश्य र सपना सकार पार्न हरदम हजुरले गर्ने मिहिनेतले मलाई झन बलियो बनाउछ प्यारा ।
हजुरले म माथि राख्नु भएको अथाहा विश्वासले मेरा के मेरो भनौ हाम्रो सपना पूरा गर्नलाई प्रेरित गर्दछ ।
हजुरले भन्नेका कुरा मलाई हरेक समय याद आइरहन्छ "मैले मेरो पढाइ पूरा गर्न नसके पनि तिमीलाई पढाएर ठुलो मान्छे बनाउनेछु माया""
हजुरको मीठो मुस्कान सहितको बोलिले एक उर्जा दिन्छ । मेरो हरेक कार्यमा सहमति र सहयोग नै काफि छ जिन्दगी चलाउन ।
दिनभरि कामले थाकेर आउदा हजुरको त्यो संगितमय लवजमा हराउछु । हजुर बिना मेरो कुनै अस्तित्व छैन प्यारा , मुटु भरिको माया सहित मीठो सम्झना I Really Miss You Dear🤗😘😘😘Love You Dear❤️❤️😘
यी सबै दिनहरु सम्झिदा आशु रोकिदैन्न् कति मिठा र प्यारा थिए ती पल जसमा केबल हामी थियौ हाम्रो सपना थियो । दिनको सुरुवात र अन्तय हजुर सँगै हुने गर्थ्यो । दुरीले टाढा भएनि भावना र मनले निकै नजिक थियौ कहिल्यै टाढा भएको महसुस भएन।
सँगसँगै जुनि काट्ने भन्दै खाएका ति बाचा कसम!
तोडिएर गए पनि अझै लागिरहन्छ मेरै माया .?
हजुर सामु खसेका आशुका थोपा थोपामा केबल एक निस्वार्थ माया भरिएको थियो जसमा बिछोडको पीडा , एकअर्काको हुन नसकेको पीडा छरपस्ट छरिएको देखिन्थे ।
मेरो सबैभन्दा सहज समय देखि जस्तोसुकै कठिन परिस्थितिमा साथमा खम्बा जस्तै उभिनुभयो तेसको लागि म ऋणि छु । मलाई सहज बाटोमा हिड्न सिकाइ आफु पलपल टुटेर बस्नु भयो ।
हजुरका रसाएका ती आखाले बोलिरहेका थिए हरेक पीडा शब्दमा उतार्न सकिदैन तर पनि मेरो अगाडि बलियो बनेर बोलिरहनु भयो । आफ्नो आशु लुकाउन कोसिस राम्रो थियो तर यो नजरबाट अछुत रहेन ।
हजुरले झै मलाई बुझ्ने र हजुरलाइ मैले झै कसैले बुझ्ने छैन ।
प्रेमको आशाको दियो जलाएर हजुरको साथ बिच बाटोमा नै छुटिनु पर्यो ।
अनुहार हेरेर भाव बुझ्ने लवजका लागि शब्दको जरुरत थिएन आखाँ आखाँले बुझिन्थ्यो , दिल देखि जोडिएको भएर होला कहिल्यै एकअर्काको लागि सिकायत रहेन ।
हजुरको एक वचन र एक झलकको लागि तड्पि रहे । एन्जाइटि डिप्रेसनको सिकार भए , निदमा नै बोलाउने चिच्याउने भएछु ।
जब धेरै समय पछि हजुरको झलक पाए यी आखाबाट आशु थामिएन रोए यताउता कसैको प्रवाह नगरि मात्रै।
हजुरको एक झलकले महिनौ देखि गुम्सिएर रहेका भावनाहरु आशु बनेर टिलपिल आखाबाट बाहिर आए ।
आफु पिडामा हुदा पनि मलाई सम्झाइ रहनु भयो राम्रोसँग पढ्नु हाम्रो सपना पूरा गर्नु भनेर
कति सहन सक्नुहुन्छ कति ???.! महान हुनुहुन्छ हजुर
मानसपटलमा झल्किरहन्छ अफिसबाट घर जादा आउदा हजुर सँग बोलेका ती बात , बिताएका ती पल, मेरो श्रृीगार हुनुहुन्थ्यो हजुर ।
गाजल लगाएको खुब मन पर्ने हजुरलाइ आजकाल लगाउनै छोडे । बिरक्त लाउछ कसका लागि श्रृगार गर्नु भन्ने हुन्छ ।
विश्वासघाति हजुर हुनुहुन्न थियो म थिए जो आफ्नो प्रेमको लागि दरिलो भएर उभिन सकिन , छोरी र प्रेमिकाको भुमिकामा मैले केबल छोरीको मात्र भुमिका निर्वाह गर्ने निर्णय गरे त्यो नै मेरो जिन्दगीको सबैभन्दा ठुलो गल्ती थियो ।
म खुशि हुन नसके पनि परिवारलाई खुशि दिने कोसिस गरे । क्रान्तिकारी योद्धा भनेर चिन्ने यो समाजले मलाई म एक असफल प्रेमिका भएको देखेन ।
जतिसुकै बेस्त समय भए पनि मेरालागि निकालेर एक कल गर्नुहुन्थ्यो पहिलो पनि र अन्तिम पनि ।
कल म्यासेज सबै हजुरको हुने गर्थे । मैले हिरा गुमाएको छु । न्याउरी मारी पछुतो जस्तो भाको छ मलाई ।
जिन्दगी हजुर बिना बस् चलि मात्र रहेको छ तर कसरी चलेको छु थाहा छैन ।
"हजुरको परिवार पछि हजुरको सफलतामा टाढाबाट खुशि हुने व्यक्ति म हुनेछु " हजुरको यो वचन मेरालागि संघर्षको लागि प्रेरणादायी रहनेछ ।
जोसँग जहाँ हुनुहुन्छ खुशि हुनुु है मै कर्म हाराले यो भन्दा के नै भन्न सक्छु र हजुर ...!
प्रेम पत्र लेखक: दुर्गा विश्वकर्मा













