बासुदेव ढकाल- रामपुर, पाल्पा हातेमालो बचत तथा ऋण सहकारी सस्था लिमिटेड रामपुर पाल्पाकाे १४ औ बार्षिक साधारणसभा तथा तेस्राे अधिवेशन कार्यक्रम सम्पन्न भएको छ।
तेस्रो अधिबेशन ले धन बहादुर सारूकाे अध्यक्षतामा नया समिति निर्विरोध चयन गरेकाेछ ।
उपाध्यक्षमा प्रेम बहादुर पाेख्रेल,सचिव घनश्याम कंड,काेषाध्यक्ष दुर्गा देवि राना र सदस्यहरूमा लुक बहादुर बिर्कट्टा मगर,ओम नारायण श्रेष्ठ, सूर्य बहादुर जि सि ,राेजिरन खातुन र तारा माया थापा चयन हुनुभएको छ।
साधारणसभाले हेम वहादुर श्रेष्ठ संयाेजक र ओम नारायण सारू नारायण प्रसाद पंगेनी सहितको लेखा समिति सदस्य चयन गरेकाे छ।
साधारणसभा कार्यक्रममा
अर्थ तथाउद्याेग पर्यटन विकास समिति सभापति तथा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले सहकारीले जनताकाे आर्थिक स्तर उठाउने भएकाेले आय मुलक कार्यमा लगानी र प्राथमिकता हुनु पर्नेमा जाेड दिदै गाँउका सहकारी सुरक्षित भएकाेले डराउनु नपर्ने बताउनु भयाे।
सस्थाका अध्यक्ष विष्णु बहादुर सारूले ५ कराेड ८२ लाख ५५ हजार १सय ७५ निक्षेप,१८ लाख ८५ हजार शुद्ध नाफा रहेकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
काेषाध्यक्ष घनश्याम कंडेलले काेषाध्यक्षकाे प्रतिबेदन र लेखा समिति संयाेजक बम बहादुर बि कले लेखा प्रतिवेदन सुनाउनु भएकाे थियाे।
पुर्व अध्यक्ष कमलचन्द्र तिवारीले शुभकामना दिनु भएकाे साधारणसभामा असल ऋणी सविना खातुन,नियमित बचत फर्सुराम प्रद्यान र बाल बचत विधान्त पुलामी सम्मानित हुनुभएको हो।।सस्थाका अध्यविष्णु बहादुर सारूकाे अध्यक्षता,उपाध्यक्ष लुक बहादुर विर्कट्टटा मगरकाे स्वागत,दुर्गा देवी रानाले धन्यवाद ज्ञापन रहेको कार्यक्रमकाे संचालन सचिव प्रेम बहादुर पाेख्रेलले गर्नु भएकाे थियाे।













