बासुदेव ढकाल
पाैष २७ रामपुर, - ३०४ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस साथै दाेस्राे वार्षिकोत्सब कार्यक्रम रामपुर पाल्पामा भएकाेछ।
रामपुर नगरपालिका वडा नं ६ विजयपुर वजार चाेकमा रहेकाे पृथ्वीनारायण शाहकाे शालिकमा माल्यार्पण सहित द फेमश महेन्द्र दल गणका नेपाली सेनाले सलामी अर्पण गरि मनाएकाे हाे। ठकुरी दर्शन समाज रामपुर पाल्पा अध्यक्ष हिमाल मल्लकाे अध्यक्षमा भएकाे कार्यक्रम ठकुरी समाज महासंघ केन्द्रीय सदस्य लाेकेन्द्र मल्लले राष्ट्रिय एकिकरणका नायक पृथ्वीनारायण शाहकाे याेगदानकाे चर्च गर्नु भयाे।
ठकुरी सहयाेग संजाल पाल्पा अध्यक्ष स्वागत वम बहादुर शाहीकाे स्वागतबाट सुरू भएकाे दिवस कार्यक्रममा
द फेमश महिन्द्र दल गण रामपुर उपसेनानी विस्वास कुवर र
नेपाल राष्ट्रिय भूतपुर्वक शैनिक संघ रामपुरका अध्यक्ष हरि प्रसाद काफ्लेले सलामी अर्पण गरि सहभागिले फुल अविर माला चढाएका थिए।














