बिकाश काफ्ले पाल्पा - “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ माथागढि गाउँपालिकाले नागरिक आरोग्य अभियान कार्यक्रम सोही गाउँपालिकाको वार्ड न ८ बहादुरपुरमा सम्पन्न भएको छ।
कार्यक्रम माथागढी गाउँपालिका चिदीपानी आयुर्वेद औषधालय माथागढी–१, पाल्पाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय नागरिकहरूको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममस आयुर्वेदिक जीवनशैली, योग अभ्यास तथा रोग निवारणसम्बन्धी विषयमा जानकारी दिइएको थियो।
कार्यक्रमका चिदीपानी आयुर्वेद औषधालयका प्रमुख डा. श्रीधर अधिकारी अध्यक्षता गाउँपलिका अध्यक्ष यम चिदीको प्रमुख आतिथ्यता, माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको विशिष्ट आतिथ्यता तथा माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जि.शीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै वक्ताहरूले स्वस्थ जीवनशैली अपनाउन आयुर्वेदिक उपचार, नियमित योग, आहार–विहार र स्वअनुशासनको महत्वबारे प्रकाश पार्नुभएको थियो।
नागरिकले नै आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको दिनुभएको थियो।
स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा योग अभ्याससमेत गराइएको थियो।
चिदीपानी आयुर्वेद औषधालयका वैद्य निरिक्षक अमृत भण्डारीको स्वागत मन्तव्य बिकाश काफ्ले सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वास्थकर्मी, शिक्षक ,बिद्यार्थी, युवा, जेष्ठ नागरिक, आमासमुह व्यापारी गरि ८७ जनाको सहभागी रहेको थियो ।
आयोजक संस्थाले स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिदै प्रभावकारि ढंगले कार्यक्रम गर्ने जनाएको छ।













