बासुदेव ठकाल रामपुर- पाल्पा रामपुर जेसीजको पद हस्तान्तरण तथा पदस्थापन समारोह रामपुरमा सम्पन्न भएको छ ।रामपुर जेसीज अधिवेशनबाट वर्ष २०२६ का लागि निर्वाचित तथा मनोनित पदाधिकारीहरुले शुक्रबार रामपुरकाे धार्मिक तथा पर्यटकीय स्थल भुजात सिद्धबाबा पार्कमा गोपानीयताको शपथ खुवाइएको हो ।
जेसिस बर्ष २०२६का लागि अध्यक्षमा निर्वाचित युवा व्यवसायी छम बहादुर दरैंले वर्ष २०२५ का अध्यक्ष शंकर बहादुर खाँण बाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। नवनिर्वाचित अध्यक्ष दरैंले पदाधिकारीहरुलाई शपथ ग्रहण गराउनुभएको हो।
कार्यक्रमका प्रमुख अतिथी रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले व्यक्तित्व विकासमा जेसीजको महत्वपूर्ण कार्य गर्दै आएको बताउदै युवाहरुलाई समाज सेवामा लाग्न जेसीज अभियानले प्रेरित गरिरहेको साथै जेसीजले युवालाई स्वदेशमै बस्न सक्ने खालका कार्यक्रम बढाउदै लैजानुपर्नेमा जोड दिदै नगरपालिका युवाहरुको उत्थानको लागि सहकार्य गर्न तयार रहेको जिकिर गर्नुभयो।
अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले जेसीजले युवाहरुमा व्यक्तित्व, नेतृत्व र उद्यमशीलता विकासमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो ।
उपप्रमुख बालकुमारी थापाले जेसीजले युवाहरुको क्षमता विकास संगै सक्रियतामा महत्वपूर्ण योगदान दिने बताउनुभयो।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, पाल्पा जेसीज २०२५ का अध्यक्ष विवेककाजी शाक्य, पाल्पा जेसीज २०२४ का अध्यक्ष अर्जुन कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका गर्नुभएको थियो । नवनिर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई वर्ष २०२५ का पदाधिकारी बाट पद हस्तान्तरण तथा वर्ष २०२५ को अध्यक्ष बाट वर्ष २०२६ का अध्यक्ष लाई पद संग चेन हस्तानतरण गरिएकाे थियाे। २०२५ का अध्यक्ष शंकर बहादुर खाँणले अन्तिम मन्तव्य व्यक्त गर्दै मायाको चिनो वितरण गरेकाे कार्यक्रममा निर्वाचित पदाधिकारीहरुको नामावली निर्वाचन अधिकृत राजीव कुमार शाहले घोषणा गर्नुभएको थियो । कार्यक्रम सयाेजक जिवन तिवारीकाे स्वागत मन्तव्य पद हस्तान्तरण कार्यक्रमको पहिलो कार्यक्रम वर्ष २०२४ का महासचिव सुमन पछाई र पद हस्तान्तरण भइसकेपछिको कार्यक्रम वर्ष २०२६ का सचिव डोल राज श्रेष्ठले कार्यक्रमको संचालन गर्नु भएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष छम बहादुर दरैले आफ्नो प्रतिबद्धता तथा कार्ययोजना प्रस्तुत गर्दै २६ मा सदस्य संख्या अभिवृद्धि, संस्थाको संस्थागत विकास र सामाजिक कार्यमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
१८ देखि ४० वर्ष सम्मका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने मुल अभिप्रायबाट २०२४ मा रामपुर जेसीजको स्थापना भएको जेसीज रामपुर २०२६ को अध्यक्षमा छम बहादुर दरैं, कार्यकारी उपाध्यक्षमा सुमन पछाई, राजेन्द्र मल्ल, उपाध्यक्षमा दिनेश भट्टराई, कमल राना, तेजेन्द्र मल्ल, बन्दना गैह्रे, महासचिवमा महोम्द अस्गर अली, सचिवमा डोलराज श्रेष्ठ, कोषाध्यक्षमा सुन्दरी कार्की क्षेत्री, कानुनी सल्लाहाकारमा जिवन तिवारी चयन हुनुभएको छ ।













