राष्ट्रिय न्युज पाल्पा- नेपाल पुस्तकतथा स्टेशनरी ब्यबसायीमहासंघ पाल्पाको अध्यक्षमापुनः राम प्रसादपन्थीनिर्बाचितभएका छन । शनिवार तानसेनमा सम्पन्न८ औं अधिबेशनले पुनः राम प्रसादपन्थीको अध्यक्षतामा १३ सदस्यीयकार्यसमितिचयन गरेको छ । जसकोप्रथमउपाध्यक्षमायुबराजपन्त द्धितियउपाध्यक्षशिव प्रसाद पाण्डे सचिबमा बिष्णु प्रसादखनाल, सह सचिबमा यम बहादुर कार्की, कोषाध्यक्षमा ज्योतिकार्की,सह कोषाध्यक्षमा हरि बहादुर बाहघरेचयनभएका छन । कार्यसमितीको सदस्यमा संजय घर्ती, लक्ष्मण भण्डारी, संगीता भट्टराई,सुरेन बोहरा,जमुनान्यौपाने र सृजना ढकाल निर्बाचितभएको निर्बाचन संयोजक नरेशचन्द्र भट्टराईले जानकारी दिए । अधिबेशनले तीन सदस्यीय लेखा समितिपनिचयन गरेको छ । जसको संयोजकमातारा बहादुर सुनारी सदस्यमामीन प्रसाद बस्याल र सन्तोष श्रेष्ठ रहेका छन ।
अधिवेशनलाई सम्वोधनगर्दै नेपाल पुस्तकतथा स्टेशनरी व्यवसायीमहासंघका केन्द्रिय सल्लाहकार मनहरी बस्यालले पुस्तकजीवनको जन्मदेखी मृत्युसम्मको साथी र साक्षी रहेको बताए । मानिसकोजीवनलाई सफल र सार्थकताबनाउन पुस्तकको महत्वपूर्ण भूमिका रहेको केन्द्रिय सल्लाहकार बस्यालले बताए । व्यबसायकाआआफ्नादायरा र सिमा हुन्छन, नैतिकता र पेशाविपरित केहीनीजिविद्यालयले विधालय परिसरमै कितावकपि बेच्ने गरेको अनुगमनको खाचो रहेको उनले बताए । साधारणसभामा केन्द्रिय सदस्यहरु रामकृष्ण चापागाईं, रामु अधिकारी, महासंघका सल्लाहकार केदारलालश्रेष्ठ,रुपन्देहीजिल्लाशाखाअध्यक्षदिपक पाठक,नेपालपत्रकार महासंघ, पाल्पाकाअध्यक्षकमलराजतिमिल्सीना, उपाध्यक्षमुक्तिन्यौपाने, पाल्पाउद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, प्याब्सनपाल्पाअध्यक्ष डाँसुरामपन्तले ज्ञान, शिक्षा र चेतनाको आधारशिला पुस्तकभएको सबैतीर जनताले चाहेको पुस्तकहरु सहज रुपमाउपलब्धहुने व्यबस्था राज्य स्तरबाटै हुनुपर्नेमाजोड दिए ।
साधारण सभामा सचिव विष्णु खनालले बार्षिक प्रतिवेदन पेश गरेकाथिए । महासंघ पाल्पाकाअध्यक्ष राम प्रसादपन्थीको अध्यक्षता,उपाध्यक्षयुवराजपौडेलको स्वागततथा सचिव बिष्णु खनालको सञ्चालनमा साधारणसभार तथाअधिवेशनचलेको थियो ।













