राष्ट्रिय न्युज रामपुर, पाल्पा जिल्लाको उज्यालो बचत तथा ऋण सहकारी संस्था लि., रामपुर पाल्पाको १२औँ वार्षिक साधारणसभा आज दरैठाँटी माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भएको छ।
साधारणसभामा संस्थाका अध्यक्ष बालकृष्ण लम्सालले आर्थिक वर्षको ५ करोड ६६ लाख ३४ हजार १०२ रुपैयाँ बराबरको कुल बचत कारोबार भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक मञ्च पाल्पाका अध्यक्ष देवराज ढकालले सहकारीले शेयर सदस्यको जीवनस्तर सुधारमा केन्द्रित भएर लगानी गर्नुपर्नेमा जोड दिनुभयो।
साधारणसभामा ऋण उपसमिति संयोजक कृष्णप्रसाद अर्याल र लेखा समिति संयोजक पुरुषोत्तम ढकालले ऋण असुलीलाई प्रभावकारी बनाउँदै बैंकमा जम्मा भएको बचत शेयर सदस्यमा नै लगानी गर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, विष्णु रेग्मी, पूर्व वडाध्यक्ष हुमनाथ न्यौपाने, शेयर सदस्य हरिप्रसाद गैरे र सुकमाया परियारले शुभकामना मन्तव्य राख्नुभयो।
साधारणसभामा जेष्ठ शेयर सदस्य थीरलाल ढकाल, असल ऋणी अन्जु ढकाल भण्डारी, नियमित बचतकर्ता डुकुलराज घिमिरे तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य परिवारका छात्रा सपिक मल्ल र छात्र विपिन भट्टराईलाई सम्मान गरिएको थियो।
२०७२ सालमा स्थापना भएको सहकारीमा हाल ४१७ जना शेयर सदस्य रहेका छन्।













