पाल्पा , जिल्ला प्रहरि कार्यालय पाल्पाले पाल्पाका प्रहरि प्रमुखहरूलाई डिजिटल सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ। अभिमुखीकरण कार्यक्रममा पत्रकार तथा प्रशिक्षक माधव प्रसाद अर्यालले कार्यक्रमको सहजिकरण गर्नुभएको हो।
प्रहरी उपरीक्षक दिपेन्द्र पन्जियार थारुले डिटिजल सुरक्षा अहिलेको समयमा आवश्यक र चुनौतीपूर्ण रहेको बताउनुभयो।उहाँले डिजिटल सुरक्षाबारे सचेतना बढाउने उदेश्य , डिजिटल जोखिम, सुरक्षित इन्टरनेट प्रयोग, सामाजिक सञ्जालमा सुरक्षा , व्यक्तिगत तथ्यांक संरक्षण समय महत्वपूर्ण विषय भएको र प्रहरी कार्यालय र मातहतका कार्यालयका प्रमुखका लागि कार्यक्रम महत्त्वपूर्ण सिकाइको रुपमा उपलब्धि मुलक रहने समेत बताउनुभयो ।
अभिमुखीकरणमा अनलाइन ठगी, फिसिङ, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, पासवर्ड व्यवस्थापन, व्यक्तिगत तथा संस्थागत तथ्यांकको सुरक्षा विषयमा प्रशिक्षक माधव अर्यालले सहभागीलाई सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम उर्जासिल र समयसापेक्ष रहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी होम प्रकाश चौधरीले बताउनुभयो ।
३५ जना सक्कल दर्जाका प्रहरि सहभागी रहेको अभिमुखिकरण कार्यक्रमा डिजिटल माध्यम प्रयोग , अपनाउनुपर्ने सावधानी र सुरक्षित व्यवहारका बारेमा दिएको ज्ञान प्रभावकारी हुनेमा सहभागीहरुले आ आफ्नो धारणा राख्नुभएको थियो ।













