राष्ट्रिय न्युज - पाल्पा जिल्लाको सदरमुकाम तानसेन बाट पश्चिम् तर्फ , करिब २२ कि मि दुरिमा मा पर्ने रिब्दिकोट गाउँपालिका वार्ड न- ५ मा अवस्थित ,धार्मिक तथा ऎतिहासिक,पर्यटनको केन्द्रका रुपमा चिनारि रहेको महत्त्वपूर्ण स्थल तथा प्रसिद्ध धार्मिक स्थल जलेश्वर महादेव मन्दिरपरिसरमा स्थानीयले म बनाउछु मेरो रिब्दिकोट भन्ने कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम गरेका छ्न ।
यहि आउदो माघ २२ देखि ३ गतेसम्म हुन लागेको शिव पुराण महायज्ञको लागी स्थानीयले मन्दिर परिसरमा रहेका बनमारा,झारपात उखेल्ने तथा फोहोर ब्यवस्थापन गर्दै सोहि गाउँपालिका वार्ड न ७ का स्थानीय वासिन्दाले धार्मिक स्थलको सरसफाइमा सक्रिय भएका हुन। यहि आउदो माघ २२ गतेदेखि फागुन ३ गतेसम्म शिब पुराण महायज्ञको आयोजना हुने भएको छ। जन श्रमदान तथा सरसफाइ कार्यक्रममा सहभागी स्थानीय बासि समाजसेवी तथा जेष्ठ नागरिक ७१ वर्षिय नारायण बहादुर कुवर( प्रधान ),ले जलेश्वर महादेव मन्दिर परिसरमा जिर्ण रहेका १०८ धारा निर्माण गर्न पहल गरिदिन स्थानीय प्रमुखलाई आग्रह गर्नुभयो। कुवरले जलेश्वर मा दमाहा,बिगुल रहेको स्वयंम आफैले देखेको बताउदै जलेश्वरबाट दमाहा बिगुल बजेपछि मात्र प्रसिद्ध धार्मिक स्थल भैरवस्थानमा भैरवनाथ काल भैरवको पुजा आरम्भ हुने बताउनुभयो ।
जनप्रतिनिधि देवका गाहाले धार्मिक स्थल जलेश्वर महादेव मन्दिरमा सरसफाइ देखि धार्मिक पुजा अर्चना गरिदै आएको साथै स्थानीयको चासो र सहभागीता रहदै आएको बताउनुभयो । वार्ड न ५ का वार्ड अध्यक्ष मन बहादुर अस्लामि ले जलेश्वर पर्यटन बिकास समिती मार्फत म बनाउछु मेरो रिब्दिकोट भन्ने मुल नारालाई आत्मसात गर्दै सरसफाइ अभियान र संरक्षण गर्दै आएको बताउनुभयो। साथै अस्लामि ले जलेश्वर महादेव मन्दिरमा माघ,२२ देखि फागुन ३ गते सम्म हुने महायज्ञ तथा सिब पुराण धार्मिक कार्यक्रममा देश तथा बिदेशमा रहेका रिब्दिकोट बासी लगायत धार्मिक आस्था बोक्ने भक्तजनलाई आवश्यक सहयोग गर्न आग्रह समेत गर्नुभयो। प्रचारप्रसार संयोजक शिब कुवर ले महायज्ञ तयारिको लागि प्रचारप्रसारमा प्रचारप्रसार समितिको अन्तर्कृया गर्नुका साथै कार्यक्रमको आवश्यक तयारी हुदै आएको बताउनुभयो। साथै कुवरले धार्मिक गुरु भिमलाल भट्टराईद्वारा एघार दिने कथा वाचन ,भजन कृतन र दान पुण्यसहितको कार्यक्रम रहेको बताउनुभयो ।
रिब्दिकोट गाउँपालिका प्रमुख नारायण बहादुर कार्किले रिब्दिकोट गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना हुने महायज्ञले जलेश्वर महादेव मन्दिरको प्रचारप्रसार मा महत्त्वपूर्ण भुमिका खेल्ने उदेश्यका साथ ११ दिने महायज्ञ तथा शिब पुराणको आयोजना गरिएको बताउनुभयो। कार्किले स्थानीय सरकार आएपछि जलेश्वर महादेव मन्दिरको जिर्ण रहेका पुरातात्त्विक संरचनाको निर्माणकार्य गर्दै सरसफाइ तथा संरक्षण गर्दै आएको बताउनुभयो । साथै कार्किले करिब ११०० बर्ष पुरानो जलेश्वर महादेव एतिहासमा उल्लेख रहेकोले नेपालको पुरानो धार्मिक स्थललाई थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन विभिन्न कार्यक्रम गरिने बताउदै आगामि दिनहरुमा गौसाला निर्माण र गुरुकुल शिक्षा संचालन तर्फ प्राथमिकता दिदै आवश्यक पहल गरि अघि बढ्ने बताउनुभयो । जलेश्वर मन्दिरका पुजारि अम्मर पुरिले बालपुरि स्वामिले जलेश्वर महादेवको स्थापना गरि जलेश्वर महादेवले बालपुरि स्वामिलाइ दिक्षा दिइ जल अभिषेक गर्न चिमटाद्वारा सोहि स्थानमा स्वामिले पानी निकालिएको धार्मिक किम्बदन्ति रहेको बताउनुभयो । पुरिले जलेश्वर मा सोमबार काटिदै आएको बताउनुभयो । प्रत्येक सोबार भक्तजन आउनुहुन्छ पहिले बुबाको पालामा म सानै हुँदा जलेश्वर महादेवको दर्शन गरि रोट चढाएपछि मात्र भैरवनाथ भैरवस्थान(भैरव थान )को दर्शन तथा भाकल पुरा हुने र सोहि अनुसार पुजा हुने पुरिले बताउनुभयो ।
धार्मिक तथा एतेहासिक महत्त्व रहेको जलेश्वर महादेव मन्दिरको निर्माणका लागि २०६८ सालमा स्थानीय बासि केहर सिंह कुवर श्रीमती नारायणी कुवरले स्वर्गीय पिता नुर बहादुर, कुवर माता गोमा कुमारि कुवरको सम्झनामा ३ लाख ७ हजार १ सय रुपैयाँ आर्थिक सहयोगमा मन्दिर निर्माण भएको सिलापत्रमा उल्लेख गरिएको छ।













