राष्ट्रिय न्युज - सिद्धेश्वर लालकुमारि माध्यमिक विधालयले वुटवल ७ दिपनगरमा ४४ औ वाषिर्कोत्सव एवम् अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेको अध्यक्षतामा , कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता , कार्यक्रममा वडा ७ अध्यक्ष पदम राज गाहा, प्रध्यानाध्यापक दिननाथ गिरि,शिक्षक अभिभावक सघ अध्यक्ष कृण्ण प्रसाद ज्ञवालि,निर्माण समिति अध्यक्ष नारायण बाबू वस्नेत,आन्नद शर्मा,राधा ज्ञवालि,शान्ता शर्मा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा २०८१ को एस इ इ परिक्षामा नेपालकै सर्वाेत्कृष्ट जिपिए- ४ ल्याउने छात्रा सुदिक्षा सुवेदिलाई २० हजार नगद सहित सम्मान साथै एसईईमा उत्तिण विद्यार्थिहरूलाई सम्मान गरिएको हो ।













