मिलन काफ्ले - पाल्पाकाे रम्भा गाउँपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत "एकीकृत घुम्ती शिविर" कार्यक्रम सम्पन्न गरेकाे छ। टाेल वस्तिका जेष्ठ नागरिक,अपाङ्गता भएका ब्यक्तिहरू समेत लाई लक्षित गरि वार्ड र गाउँपालिकाबाट प्राप्त हुने सबै सेवाहरू एकीकृत रूपमा प्रवाह गर्ने लक्ष्यका साथ ५ वार्डहरुमा १ दिने घुम्ती शिविर संचालन गरिएकाे गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनुभयो। योजना सम्झाैता ,जेष्ठ नागरिक परिचयपत्र वितरण,अपांग परिचयपत्र बितरण,कृषि सेवा ,पशु सेवा तथा स्वास्थ्य सम्बन्धि विभिन्न सेवा गरि २६ प्रकारका सेवा घुम्ती शिविर मार्फत पालिकाकाे वार्ड्मा गरि जम्मा ४८७६ जना नागरिक ले प्रत्यक्ष सेवालाभ लिएको गाउँपालिकाका सुचना अधिकारी सुरज पाठक ले जानकारी दिनुभयो ।
घुम्तीशिविर संचालन तथा ब्यबस्थापनकाे लागि गाउँपालिकाले ९ लाख रूपैयाँ बिनियाेजन गरेकाे गाउँपालिका लेखा अधिकृत पाेष्टराज न्याैपानेले बताए। शिविर कार्यक्रमले सबै जनप्रतिनिधि तथा कर्मचारीहरूमा सामुहिक भावनाकाे बिकास हुनाकाे साथै सकारात्मक उर्जाकाे संचार भएकाे गाउँपालिकाका प्रवक्ता कृष्णबहादुर रायमाझी बताउनुभयो। गत मंसिर २६ गते ४ नं वडाकाे हुमिनबाट सेवा सुभारम्भ गरिएकाे एकिकृत घुम्ती शिविर काे पाैष १ गते, ३ नं वार्डमा समापन भएको हाे।













