माधब पाण्डे - न्यु जल्पालि पन्ञेबाजा क्लबलद्वारा जेष्ठ नागरीक,विद्यार्थी ,अपाङ्ग क्यानसर पीडितलाई न्यानो कपडा र आर्थिक सहयोग । पुर्वखोला गाउँपालिका - २ जल्पा मैदानको न्यु जल्पाली लोक पन्ञेबाजाले दसै तिहारमा पाल्पाको तानसेन,आर्यभन्ञिङ्ग,हुमिन, जल्पा लगायत गाउँमा तिहारको देउसी भैलो कार्यक्रमबाट आर्थिक संकलनले पुर्व खोला गाउँपालिका -२ जल्पा वार्ड्का क्यान्सर पिडितहरुलाई सहयोग गरेको छ ।
पन्ञेबाजा समूहले घर परिवारमा आर्थिक स्थिति कम्जोर रहेको शम्भु मा विको स्कुलमा पढ्ने विद्यार्थी प्रमिला बयाम्बु , तुल्सा वि.क,ग्यालेक्सी बारघरे,आयुषा सारु लाई फाइवर सिरक सहयोग गरेको छ । साथै जेष्ठ नागरिक ढोलिमारा निवासी ८१ बर्ष लिम बहादुर बारघरेलाई फाइवर सिरक साथै स्तन क्यानसर क्यानसर पिडित टिकी माया दर्लामीलाई आर्थिक सहयोग गरेको हो। पिडितहरुलाइ २५ वटा फाईबर सिरक र आर्थिक सहयोगी रहेको पन्ञेवाजा क्लबका अध्यक्ष तिल सिङ बारघरेले बताउनु भयो।














