युवा पडित दशरथ पाण्डे—१. पितृहरूको पर्वलाई पार्वण श्राद्धका नामबाट लोकले मान्दै आएको छ, अनेकोैं श्राद्धहरू मध्ये सनातन संस्कृतिका उपासक नेपालीहरूले आफ्नो बाबू आमा अथवा प्रियजन दिबंगत भएको याद स्मृतिमा श्रद्धाले युक्तभइ देहावसान भएको तिथिमा एकोतिष्ट श्राद्ध र कन्या राशिमा सूर्यनारायण प्रवेश गर्दा महालय–पार्वण श्राद्ध गरेर पितृलाई प्रसन्न पार्ने गर्दछन्।
२. प्राचीन पौराणिक इतिहास प्रसंगबाट हेर्दा दानवीर कर्ण रणमैदानबाट जब स्वर्ग पुगे, उनलाई सुनको थालमा सुन नै पस्केर दिइयो, पहिलो दिन त उनले यो स्वर्गको काइदा कानुन होला भनेर चुप लागेर बसे, खान भोजनको मेसो मिलेन अर्को दिन पनि हिजकै कुरो दोहोरिए पछि उनले धर्मराजलाई सोधे सुनको थालमा सुन नै राखेर दिनुको अर्थ केहो ? उनलाई उत्तर मिल्यो–तपाईंले पृथ्वीमा छदा रहदा अन्न ,भोजनदान गर्नुभएन, धेरै सुन दान गर्नुभयो । वहाँ जे दान गर्य यहाँ त्यही मिल्ने हो, तब कर्णले धर्मराज संग अनुनय विनय गरेर सोहृ दिनको समय मागेर पृथ्वीमा आए, सोहृैदिन उनले व्यापक अन्नदान–भोजन, पितृहरूलाई पिण्ड दिए र पुनः स्वर्गलोक पुगे, त्यस्तै भगवान् राम बनवासमा छदा दशरथ दिवंगत भए ,दशरथ जब छोरा बुहारी संग भोजन माग्न आए तब जानकी माताले पितृलाई प्रसाद दिएर बिदा गरेको प्रसंगले पनि श्राद्ध गर्न पर्ने नै देखिन्छ।
अहिलेको तिथि श्राद्ध २०८२/भाद्र
२३–गते सोमवार — प्रतिपदाश्राद्ध
२४–गते मंगलबार — द्वितीयाश्राद्ध
२५–गते बुधबार — तृतीयाश्राद्ध
२६–गते बिहिवार — चतुर्थीश्राद्ध
२७–गते शुक्रबार — पञ्चमीश्राद्ध
(१.३४ बजे सम्म) त्यसपछि सोहीदिन षष्ठी श्राद्ध।
२८–गते शनिवार — सप्तमीश्राद्ध
२९–गते आइतबार — अष्टमीश्राद्ध
३० –गते सोमवार — नवमीश्राद्ध
३१– मंगलवार — दशमीश्राद्ध
आश्विन
१–गते बुधबार — एकादशीश्राद्ध
२–गते बिहिवार — द्वादशीश्राद्ध
३–गते शुक्रवार — त्रयोदशीश्राद्ध
४–गते शनिबार — चतुर्दशीश्राद्ध
५–गते आइतबार — ओैंसीश्राद्ध
पितृ विसर्जन छेकथुन भएर यिनी तिथिमा श्राद्ध हुनसकेन भने नवदूर्गाको द्वितीया देखि पञ्चमी सम्म महालयश्राद्ध गर्नहुन्छ।












