भदौ १९, पाल्पा– पाल्पा जिल्लाको रम्भा गाउँपालिका ३ सिता पहाड नजिकै एक महिलाको बेवारिसे शव फेला परेको छ । सिद्धार्थ राजमार्ग छेउको खोल्सामा घोप्टो परेको अवस्थामा शव रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी होम प्रकाश चोधरीले बताए ।
हिजो दिउसो बोलेरो चालकले सडक छेउमा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा अन्दाजी ३० देखी ३५ वर्ष उमेर र मधेसि मुलको हुन सक्ने अनुमान गरिएको छ । उनको अनुहारमा र टाउकोमा चोट लागेको देखिएको छ । उक्त महिलाको पहिरन निलो कुर्ता सलवारमा छ । घटना स्थल र शवको प्रकृती हेर्दा हत्या गरि फालिएको हुन सक्ने आसंका छ । उक्त घटनाको थप अनुसन्धान भईरहेको छ ।












