राष्ट्रिय न्युज- महिला उत्थान गाउँ समन्वय समिति देविनगरकाे आयाेजना र पुर्वखाेला गाउपालिकाकाे आर्थिक सहयोगमा मातृभूमि माविको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १३ समूह सहभागी रहेको विभिन्न टाेलकाे महिला समुहहरुबाट महिलाहरुले गित र नृत्यबाट महिला अधिकार पुरुष सरह पाउनु पर्ने , हरेक क्षेत्रमा पुरुष सरह समावेसीता हुनु पाउनु पर्ने , हत्या हिंसा, दाइजो प्रथा अन्त्य गर्नु पर्ने , महिलाहरु समय सापेक्ष प्रविधिकाे प्रयोगमा पहुच बढाउनु पर्ने, अन्धविश्वास कुरिती जरैबाट उखेल्नु पर्ने जस्ता विषय गित प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउपालिकाका प्रवक्ता तथा देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले अहिले महिलाहरुलाइ राज्यले अधिकारकाे सुनिश्चितता गरेकोले राष्ट्रकाे सर्वोच्च पदहरुमा महिलाले नेतृत्व गरेकाे छ। राज्य संघियतामा गएपछि स्थानीय तहकाे सरकारमा प्रमुख या उपप्रमुख महिला अनिवार्य वडामा दलित सहित २ जना महिला अनिवार्य निर्वाचित गर्नु पर्ने व्यवस्था अनुसार स्थानीय तहकाे सरकारमा महिलाको उपस्थिति पुरुषसँग बराबरको अवस्था भएको छ। विभिन्न तह क्षेत्रमा कर्मचारिहरुमा पनि महिला काेटा अनिवार्य भएकोले अहिले महिला कर्मचारीहरुकाे उल्लेखनीय सहभागीता बढीको छ। महिलाहरुले पनि आर्थिक सामाजिक राजनीति क्षेत्रमा महत्त्वपूर्ण भुमिका बढाएकोले समाज परिवर्तनमा छिटो विकास भएको भन्दै तिजकाे शुभकामना दिनु भयो ।
पुर्वखाेला गाँउ कार्यपालिकाका सदस्य रेवति सरा घर्तीले सार्वजनिक ठाउँ कुनै न कुनै क्षेत्रमा महिलालाई हेर्ने दृष्टिकोण व्यवहारमा फरक छ, सुधार गर्नु पर्ने अवस्था रहेको र महिला मैत्री समाज निर्माण गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो ।
देविनगर वडाका सदस्य लक्ष्मी वि क, मुकुन्द प्राविका प्रअ लक्किमाया सिंजालि , कल्पना सिंजालि , मातृभूमि माविका प्रअ यम बहादुर खत्रीले महिला अधिकार र तिजकाे बारेमा बाेल्दै शुभकामना दिनु भएको थियो । कार्यक्रम महिला उत्थान गाउँ समन्वय समितिका सचिव चुनि सरा थापाकाे संचालन र अध्यक्ष विष्णुमाया घर्तीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे।













